Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फुटपाथ विस्तारको विरोधमा वडाध्यक्षले त्रिपालबाटै थालियो वडाको काम

काठमाडौं । काठमाडौं महानगरले थालेको फुटपाथ बिस्तारलाई लिएर काठमाडौं महानगरपालिका र वडाहरूबीचको विवाद साम्य भएको छैन । न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मसहितका क्षेत्रमा फुटपाथ बिस्तार थालिएपछि वडाले विरोध गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले फुटपाथ बिस्तारको निर्णय फिर्ता नभएसम्म वडाका सम्पूर्ण धर्नाका लागि न्यूरोडमा बनाइएको त्रिपालभित्रबाट संचालन गर्ने घोषणा गरेको छ । महानगरपालिकाको न्युरोडमा फुटपाथ बिस्तार निर्णय फिर्ता नभएसम्म २२ वडाका सम्पुर्ण कामकाज धर्मपथ सडकखण्डको नेपाल बैंक जाने बाटोमा धर्नाको लागि बनाइएको पालभित्रबाट सञ्चालन गरिएको हो । २२ नम्बर वडाका अध्यक्षले चिनीजी महर्जनले कुर्सी टेबल सडकमै राखेर आफ्नो काम गरेका हुन्।


सम्बन्धित समाचार