Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । दल ठूलो हुँदैमा सबै बन्दोबस्त हुँदैन । काँग्रेस विधान मिच्छ । केन्द्रीय समिति बैठक बस्दैन । पूर्ण बैठकलाई एक पटक प्रत्यक्ष प्रशारण गरेको काँग्रेसले केन्द्रीय सदस्यहरूको हविगत बुझ्यो । यस पटक काँग्रेसले सबै गुटमा सत्ता बाँड्यो । कृष्ण सिटौलालाई राष्ट्रियसभामा ल्याएर पार्टी सभापतिले पुरानो गुन तिरे । फागुनमा महासमिति बैठकमा एक्लै चुनाव लड्ने निर्णय गर्दा माओवादी एमाले तिर गयो । त्यसअघि राष्टियसभामा काँग्रेस, एमाले र माओवादी मात्र होइन जसपा पनि एक भए । काँग्रेसलाई सत्ताबाट हटाउने पनि उनै केपी थिए । माओवादीलाई काँग्रेससँग मिलेर खेद्ने पनि केपी नै हुन् । ठूलो पार्टी १० मन्त्री लिएको त्यो काँग्रेसले सभापतिको भागमा डा. आरजु राणा, रमेश लेखक, अजय चौरसिया मन्त्री बनेका छन् भने महामन्त्री गगन र विश्वप्रकाशका साझा उम्मेदवार प्रदीप पौडेल हुन् । पूर्णबहादुर खड्काले ऐनबहादुर शाहीलाई च्याप्दा डा. शशांकले दिपक खड्का बोके । राष्ट्रपति रामचन्द्र पौडेललाई तेजुलाल चौधरी नै काफी भए भने डा. शेखरका बद्री पाण्डे, रामनाथ अधिकारी, प्रकाशमान सिंह आफैं उपप्रम एवं शहरी विकास मन्त्री लिएर पार्टीको नेतृत्वमा गए । काँग्रेसमा भागवण्डा गर्दा सभापति देउवा जति उदार छन् त्यो उदारता एमाले अध्यक्ष एवं प्रम केपी ओलीमा भएन । उनले १० भाईलाई ठाउँ दिएनन् । काँग्रेसभित्र संगठन विस्तारमा कुनै चासो छैन । पार्टीका भगिनी संगठनको अवस्था ध्वस्त छ । टिके प्रथाबाट भगिनी संगठन चलाएर २ वर्ष बिताएको त्यो पार्टीमा यस पटक सबैको चित्त बुझाइयो तर पार्टीका विभागहरूले पूर्णता नपाउँदाको चिन्ता मन्त्रीमा भाग लगाउनेहरूमा पनि भएन । काँग्रेस ठूलो पार्टी हो । हामी ठूला मिलेर सरकार बनाउँ, संविधान फेरौं भनेका केपी ओलीको व्यवहार अर्काको सम्मान गर्ने छैन । हेपाहा चरित्र आफैं विज्ञका रूपमा प्रस्तुत हुने शैलीलाई पार्टीभित्र पनि आलोचना हुन्छ तर ओली टेर्दैनथे । काँग्रेसलाई सहयात्रीका रूपमा लिन्छन् कि म प्रम हुँ जे गर्छु म हुँ भन्ने स्वाभाव देखिएको खण्डमा प्रधानमन्त्रीले डा. आरजुलाई नक्कली भुटानी प्रकरणको टाट्नो प्रयोग गर्ने निश्चित छ ।
यो कुरा भ्रष्टाचारकी कुलदेवी डा. आरजुले भन्दा रमेश लेखकले छिटो बुझे पनि बद्री पाण्डे, प्रदीप पौडेल साक्षी हुनेछन् । काँग्रेसभित्र यस पटक पार्टी सभापति शेरबहादुर देउवाको उदारताबाट विपक्षी नेता डा. शेखर मात्र होइनन् गिरिबन्धु र शहकारीको इस्यु चम्काएका महामन्त्री गगन थापा समेत मन्त्री नबन्ने पार्टीमा खट्ने निर्णयमा पुगेका छन् । एक पटक स्वास्थ्यमन्त्री बन्दा गगन निकै चर्चामा भए । उनलाई कृषि व्यापार आयोजनाको मौरी पालन, सामूहिक खेती, कुखुरा पालन, बाख्रा पालनका नाममा हजम भएको श्रोत मात्र होइन त्रिविको वेभसाइड बनाउन लिएको रु ३५ लाखको चर्चा छँदैछ । स्वास्थ्य सामग्री खरिदको बेला गगन पनि चोखो छैनन् । रु ५ लाखको एक्सरे मेशिन १५ लाख खर्च गराएर १० लाख बाँड्न सिकाउने विशाल पण्डित अख्तियारमा छानविनको प्रक्रियामै छ ।
काँग्रेसलाई एक्लै चुनाव लड्ने गरी सशक्त पार्टी बनाउन एमाले जस्तो सहयात्री प्रतिस्पर्धीसँग सरकारमा जाने रहर डा. शेखर र गगनको पुराभो, तर तीनका प्रिय पात्र जहाँ मन्त्रीछन् तिनको काममा प्रधानमन्त्रीले बारम्बार हस्तक्षेप गर्ने पूर्ववत व्यवहार प्रदर्शन गर्दा ठूलो पार्टीको संविधान परिवर्तनको नाटकले विश्राम लिनेछ । त्यो बेला डा. शेखर र गगनको रिश गिरिबन्धु र नक्कली भुटानी प्रकरण ‘इश’ हुनेछ ।
त्यस्तो त एमाले काँग्रेस सरकार केन्द्रको स्वरूप प्रदेशमा पर्छ । कोशी, लुम्बिनी र कर्णाली लिएको एमालेले मधेश प्रदेश जनमतलाई छाड्यो, बागमती, गण्डकी, सुदूरपश्चिम काँग्रेसलाई दिएको छ । प्रचण्ड सरकारमा एमाले छँदै गण्डकी प्रदेशमा काँग्रेसका सुरेन्द्र पाण्डे सर्वोच्चबाट मुख्यमन्त्री बनाइएका हुन् । त्यहाँ दीपक मनाङे र फणिन्द्र देवकोटा मन्त्री छन् । तिनलाई नहटाउँदा एमाले आक्रामक भएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल