Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेख हसिनाका छोरा जोय राजनीतिमा आउने

शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् । उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरे पछि आफुहरु बंगलादेश जाने बताएका हुन ।

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा उनको बयानबाट स्पष्ट भएको छैन । तर, उनको छोराका दावी छ, चुनावको घोषणा भए लगतै आमा हसिना स्वदेश फर्कने छिन् ।

बंगलादेशमा हिंसा भड्किएपछि गत अगस्ट ५ मा राजीनामा दिएर बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले देश छाडेर भारतको शरण लिन पुगेकी थिइन् । यी घटनापछि पनि जनता र पार्टीलाई छाड्न नसक्ने जोयले बताएका छन । यसअघि जोयले एक अन्तर्वार्तामा आमा शेख हसिना बंगलादेश नफर्किने बताएका थिए ।

यस भनाइको सन्दर्भमा उनले भने, हो मैले भनेको थिएँ भन्ने कुरा सत्य हो तर देशभर हाम्रा नेता र कार्यकर्तामाथि आक्रमण भएपछि अहिले धेरै परिवर्तन भएको छ । अब हामी हाम्रा जनताको सुरक्षाको लागि सक्दो प्रयास गर्नेछौं। हामी तिनीहरूलाई एक्लै छोड्ने छैनौं ।

हसिनाका छोरा पनि राजनीतिमा आउने

पूर्वप्रधानमन्त्रीका छोरा जोयले राजनीतिमा आउन तयार रहेको बताएका छन् । यसअघि जोयले आफू राजनीतिमा आउने मनसाय नभएको बताएका थिए ।

जोयले भने– ‘यो मेरी आमाको अन्तिम कार्यकाल थियो । उनले अर्को चुनाव लड्ने छैनन् । मलाई पनि राजनीतिमा आउने रहर थिएन । म अमेरिकामा बसेको थिएँ तर पछिल्ला दिनमा जे भयो, त्यसले देशको नेतृत्वमा शून्यता देखाउँछ। पार्टीका लागि राजनीतिमा लाग्नुपर्छ । यसका लागि म अग्रपंक्तिमा उभिने छु ।’

अवामी लिगले चुनावमा भाग लिएमा हामी पनि जित्न सक्छौँ भन्नेमा म विश्वस्त छु जोयले भने । अवामी लिग बंगलादेशको सबैभन्दा ठूलो र पुरानो पार्टी हो। हामीसँग सबैभन्दा ठूलो पार्टी कार्यकर्ता छ।

शेख हसिनाको कुनै पनि देशमा शरण लिने मनसाय नभएको जोयले दाबी गरे । उनले भने, ‘मेरी आमा भारतमा हुनुहुन्छ। अब ऊहाँ कतै जानु हुन्न् । अन्तरिम सरकारले नयाँ निर्वाचनका लागि हरियो संकेत दिने बित्तिकै मेरी आमा बंगलादेश जानु हुनेछ । यति छोटो समयमा मेरी आमाको ज्यान बचाउनु भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभारी छु।’


सम्बन्धित समाचार

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल