Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धरानमा मेयर विरुद्धको आन्दोलन फिर्ता, पुरानै महसुल कायम गर्ने सहमति

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ खानेपानी सरसफाइ तथा सेवा निर्धारण आयोगको निर्णय मान्न तयार भएका छन् । आन्दोलनरत १० राजनीतिक दलसँग रातिसम्म भएको वार्तामा मेयर साम्पाङ खानेपानीको धारा जडान नामसारी र महसुलमा गरेको मनपरी वृद्धि फिर्ता गर्न तयार भएका छन् । मेयर सम्पाङ शुल्क वृद्धि फिर्ता लिन तयार भएसँगै आन्दोलनरत दलसँग तीन बुँदे सहमति भएको छ । सहमतिसँगै मेयर सम्पाङविरुद्ध धरानमा भई रहेको आन्दोलन फिर्ता भएको छ । नेकपा एमाले धरान उपमहानगर कमिटीका उपसचिव योगेशबावु काफ्लेका अनुसार मेयर साम्पाङले गरेको वृद्धि महसुल तथा शुल्क स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णता बारे अदालतको फैसला मान्ने र एक साताभित्र बोर्डको सम्पूर्ण हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । खानेपानीको शुल्क र महसुलको बारेमा खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगमा पठाउने सहमति भएको छ । सहमति पत्रमा भनिएको छ, आयोगमा लिखित पत्र पठाउने र जवाफ नआउन्जेल पुरानो महसुल यथावत् राखेर पुनर्विचार गरिएको छ । धरानमा गरिएको खानेपानीको धारा जडान नामसारी र महसुल वृद्धिको खारेजीको माग गर्दै दुई साता अघिदेखि आन्दोलन हुँदै आएको छ । आन्दोलनका कारण धरा तनाव ग्रस्त भएको थियो । दलहरूले बोर्ड र बिल काउन्टर कार्यालयमा तालाबन्दी गरेका थिए । उच्च अदालतको आदेशमा ताला खोले पनि उपमहानगर कार्यालय घेराउ गर्दै नारा, जुलुस, प्रदर्शन गर्दै आएका थिए। वार्तामा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष तथा नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई दलहरूबाट नेपाली कांग्रेसका श्याम पोखरेल, नेकपा एमालेका हर्कजंग एभेङ, नेकपा माओवादीका चोत्लुङ, जसपाका सुमन चेम्जोङ, नेकपा एसका रेवतीरमण राई, रास्वपाका ठाकुरबहादुर कार्की थिए । वार्ता टोलीका सदस्य माओवादी केन्द्रका चोत्लुङका अनुसार सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।


सम्बन्धित समाचार