Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ। आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग टीआरसी विधेयक २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुनेछ। मंगलबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक सम्बन्धी प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको थियो। कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले बैठकमा प्रतिवेदन पेश गरेकी हुन्। समितिले साउन २४ गते यो ऐन संशोधन सम्बन्धी विधेयकको मस्यौदा सर्वसम्मतिले पारित गरेको थियो। यसअघि विधेयकका कतिपय विषयमा सहमति जुट्न नसकेपछि गत असार १३ गते नेपाली कांग्रेस नेता रमेश लेखक, नेकपा ९एमाले० नेता महेश बर्तौला र नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन भएको थियो। कार्यदलले साउन १७ गते विवादित विषयमा सहमति जुटायो। त्यसको एक हप्तापछि समितिबाट पारित भएको थियो । २०७९ फागुन २५ गते प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक फागुन २६ गते सांसदहरूलाई वितरण गरिएको थियो। विधेयकलाई २०८० वैशाख १५ गते दफावार छलफलका लागि कानून, न्याय तथा मानव अधिकार समितिमा पठाइएको थियो।
२०८२ बैशाख १०
ताजा नेपाल
२०८२ बैशाख १०
ताजा नेपाल
२०८२ बैशाख १०
ताजा नेपाल