Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविलाई नैनिक धरातल हेर्न ढकालको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पूर्वमहामन्त्री डा मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन् । पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरण पत्रको आज जवाफ दिँदै ढकालले पार्टी जोगाउन र वैकल्पिक राजनीति अघि बढाउन मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । रास्वपाले ढकाललाई हिजोm तपाईँलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण पत्रको जवाफ दिँदै ढकालले पार्टी कार्यालयमा दर्ता समेत नगरी स्पष्टीकरणको पत्र पठाउनु विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन भएको उल्लेख गरेका छन् । उनले आफूमाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सभापति लामिछानेलाई चुनौती दिएका छन् । उनले भनेका छन्– ‘मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ । ढकालले स्पष्टीकरण जवाफमा सभापति लामिछानेलाई सहकारी ठगी मुद्दामा पार्टीबाटै स्वतन्त्र छानबिन समिति किन गठन नहुने ?, आफ्ना पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्ने आँट छ ? र गृह मन्त्रालय सम्हाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो भन्दै तीन प्रश्न गरेका छन् । ढकालले सभापति लामिछानेले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटकपटक ढाँटीरहेको दाबी गरेका छन् । उनले आफूले पार्टी स्थापना भएदेखि पार्टीलाई हानी हुने, पार्टीका शुभचिन्तकलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने, पार्टीका नेताहरुमाथि झुटा आरोप लगाउने क्रियाकलाप नगरेको स्पष्टीकरण दिएका छन् । उनले पार्टीको छवि आफ्ना कारणले नभइ सभापति लामिछानेका कारण धूमिल हुँदै गएको आरोप लगाएका छन् ।


सम्बन्धित समाचार