Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोशी प्रदेश सरकारका १६ जनाको जम्बो टोली एक लाख पचास हजार लिएर रमाइलो गर्न कि राहत बाड्न सोलुमा गएका

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ को थामे बजारमा बाढीका कारण विस्थापित भएकाहरुको राहत वितरणका लागि कोशी प्रदेश सरकारको जम्बो टोली सोलुखुम्बु पुगेको छ ।

बाढी प्रभावितका लागि ओढ्ने–ओछ्याउने सामग्री लिएर प्रदेश सरकारका दुई मन्त्रीसहित १६ जनाको टोली सदरमुकाम सल्लेरी पुगेको हो ।

फाइबर सिरक, फाइबरकै सिरानी, म्याट्रेस र तन्ना ५०–५० थान लिएर आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी, खानेपानी सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की सहितको टोली सोलुखुम्बु गएको हो । दुई मन्त्रीसहितको टोलीमा केही कर्मचारी र नेकपा एमालेका कार्यकर्ताहरु पनि छन् ।

बाढी प्रभावित क्षेत्र थामेमा पुग्न सदरमुकाम सल्लेरीबाट करिब दुई दिन हिंड्नुपर्छ । त्यसैले कोशी सरकारका मन्त्रीसहितको टोली सदरमुकाममा राहत हस्तान्तरण गरेर फर्किने तयारीमा छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राहत सामग्री हस्तान्तरणका लागि टोली सोलुखुम्बु सदरमुकाम पुगेको जानकारी दिए । राहत सामग्री प्रमुख जिल्ला अधिकारीलाई बुझाएर फर्किने उनले जानकारी दिए । खाद्यान्न सामग्री माग नभएका कारण ओढ्ने–ओछ्याउने सामान मात्रै लगिएको उनले बताए ।

प्रदेश सरकारले राहत सामग्री खरिद गर्नका लागि करिब डेढ लाख रुपैयाँ खर्च गरेको छ । त्यो सामग्री सोलु पुर्याउन ट्रकलाई ३७ हजार रुपैयाँ भाडा तिरिएको छ । ट्रक आइतबार सल्लेरीमा राहत पुर्‍याएर सोमबार विराटनगर फर्किसकेको छ ।

दुई मन्त्री सहितको टोली भने तीनवटा गाडी चढेर सोमबार सोलु सदरमुकाम गएका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई राहत सामग्री हस्तान्तरण गर्दैछन् ।

डेढ लाखको राहत सामग्रीका लागि दुई मन्त्री दलबल सहित पुग्नु राम्रो होइन’ प्रदेश सरकार स्रोतले  भन्यो, विभागीय जिम्मेवारी भएकाले आन्तरिक मामिला मन्त्री जानु स्वाभाविकै हो, खानेपानी मन्त्री पनि जानुको अर्थ छैन ।

३२ साउनमा हिमपोखरी फुटेर आएको बाढीले पर्यटकीय क्षेत्र थामे गाउँमा ठूलो क्षति भएको थियो । सोलु सदरमुकाम सल्लेरी पुगेको प्रदेश सरकारको टोली पहिरो प्रभावितलाई भेट्न खोटाङ पनि जाने तयारीमा छ ।

 


सम्बन्धित समाचार

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल