Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा, प्रचण्ड र माधव आज एउटै मञ्चमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज एउटै मञ्चमा देखिँदैछन् ।

नेपाली कांग्रेसका पूर्वनेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसको कार्यक्रममा स्कुल अफ डेमोक्रसीले एउटै मञ्चमा ल्याउन लागेको हो
कार्यक्रम आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुँदै छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा कांग्रेस सभापति शेर बहादुर देउवा सहभागी हुने छन् । विशिष्ट अतिथिको रुपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र लोसपाका सभापति महन्थ ठाकुरलाई बोलाइएको छ ।

देउवा, प्रचण्ड र माधव नेपाल एउटै सार्वजनिक मञ्चमा लामो समयदेखि देखिएका छैनन् । उनीहरु स्थानीय तह निर्वाचनको बेलामा चितवनमा एउटै मञ्चमा सहभागी थिए


सम्बन्धित समाचार

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल