Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अदालत त्यही ऐन र नियमावली फरक छैन । तर सर्वोच्च अदालत त्यही हो । एकै प्रकृतिका मुद्दा हेर्ने फरक दिन फरक श्रीमानको बेञ्चमा अदालती व्याख्या र विश्लेषण फरक हुनाले नेपाल प्रहरमिा भदौ १६ मा ३० वर्षे सेवा पूरा भई अवकाश जान लागेका अधिकृतहरू सर्वोच्च गएका थिए । तर उनीहरूको त्यो आवेदनको अर्थ रहेन । प्रहरीमा उमेरहद र ३० वर्षे सेवा र पदको आधार गरी ३ थरि नियम छ । यीमध्ये जुन पहिले हुन्छ त्यही लागू हुन्छ । निजामती प्रशासनमा उमेरहद ५८ तोकिएको छ । फौजमा निजामती सरह गर्न धेरै प्रयास भएका हुन् । प्रहरी नियमावली फेरिएको छैन । यस पटक सर्वोच्चले ३० वर्षे सेवा हटाएर निजामती सेवा सरह गर्ने गरी फैसला गर्दा ७ महिनापछि पदको सेवा हद लागेर अवकाश हुने प्रहरी आईजीपी बसन्त कुँवरको कार्यकाल डेढ वर्ष थप हुन्थ्यो । उनीपछि आईजीपी हुने प्रतिस्पर्धामा रहेका एआईजीहरूको पनि समय बढ्ने थियो । ३० वर्षे रह्यो भने दानबहादुर कार्कीहरूको ब्याजमा नेतृत्व जान्थ्यो । अवकाशको उमेरहद आधार बन्दा बिदा लिनुपर्छ । नेपाल प्रहरीमा एआईजी श्याम ज्ञवाली भदौ २६ मा अवकाश हुँदैछन् । भीम ढकाल मंसिर २६ मा अवकाश हुँदा ३० वर्षे लाग्यो । ज्ञवाली ३० वर्षे हटाउन अदालत गएका हुन् । त्यसैगरी डिआईजी, एसएसपी, एसपी, डिएसपी, निरीक्षकहरू भिडे उनीहरू एकै पटक अवकाशमा गएका छन् । यहाँ ८९ जना छन् । प्रहरी नियमावलीले अवकाश जाँदा एकतह बढुवा गरी बिदाई गर्ने चलन छ । त्यही चलन पूरा गर्दै प्रहरी प्रधान कार्यालयले एक महिना अगावै एक तह बढुवा गरी केहीलाई फुली लगायो, त्यो ठिकै भयो । शुरुमा सर्वोच्चले तिनीहरूलाई भदौ १६ मा अवकाश नगर्नु जहाँ छन् त्यही काम गर्न दिनु भनिदिँदा सरकार भ्याकेटमा गएको थियो । विगतमा ऐनमा सुधार नहुँदा यस्तो भएको हो । तर सशस्त्र प्रहरीमा भने डिआईजी अभिकुमार खत्री सहितको १२ जनाको टोलीको हकमा ३० वर्षे कायम गर्न फैसला हुँदा टण्टा भएन । नेपाल प्रहरीमा ३० वर्षे लागू नगर्न भएको शुरुको आदेशबाट फुर्केर सर्वोच्च गएको डिआईजी खत्री प्रदेश कार्यालय लुम्बिनीमा थिए । अवकाश पाउन छ महिना बाँकी छँदा गुल्मको कमाण्डमा पठाइँदैन । तर खत्री काँग्रेसका उपसभपाति पूर्णबहादुर खड्काको सोर्सफोर्समा लुम्बिनी प्रदेशको कमाण्डमा गएका थिए । उनी कमाण्डमा गएपछि भैरहवामा देखावटी कडा गरिए पनि बाँके, बर्दियाका नाकाहरूबाट चाडपर्व केन्द्रीत सामान भन्सार छलेर प्रवेश गराइएको चर्चा व्यापक थियो । अबकाशको पत्र पाएका खत्रिसहित डिआईजी दुर्गा भट्टराई एसएसपी विश्व भट्टठराई, एसपी पूर्ण साउद, त्रिभुवन विपट, अमरबहादुर ऐर, धनबहादुर सिंह, उद्धव रावल, अशोक शाक्य, प्रेम रावल, गोपाल श्रेष्ठ, दीपेन्द्र गिरीले रिट दायर गरेका थिए । ३० वर्ष उमेर, पदको अवधि जुन पहिलो हुन्छ त्यो कार्यान्वयन हुने प्रहरी र सशस्त्र नियमावलीमा छ । सशस्त्रका १२ नेपाल प्रहरीका ८९ गरी १०१ जना एकै दिन भदौ १६ मा अवकाश गएका छन् । अदालतले फौजको सेवा सम्बन्धी नियमावली कानुन अनुसार निजामती सेवा सरह बनाउन दिएको निर्देशन कार्यान्वयन नगर्ने दलीय सस्कारको कारण तिनलाई ३० वर्षे लाग्यो । काँग्रेस र एमालेलाई कानुन लाग्दैन । यी पार्टीले फौजलाई भगिनी संगठन बनाएर तिनको ऐन कार्यान्वयन गराउँदैनन् । कानुनका ज्ञाता गृहमन्त्री रमेश लेखक भए पनि प्रहरी र सशस्त्र चलाउने बुढानिलकण्ठ हो । त्यसकै दम्भ सशस्त्रमा भानु देउवाका ज्वाइँले प्रदर्शन गर्दै आएका छन् । सुपको टोलीले नेतृत्वलाई नचाउने हुनाले कोही भुईन भाँडामा भएका पनि छन् । पूर्ण साउद एयरपोर्टमा लामो समय टिक्नु पनि त्यही हो ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल