Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाबाट बच्न सलमानको यस्तो सुझाव

कोरोना भइरसबाट बच्नको लागि बलिउड स्टार सलमान खानले आफ्ना फ्यानहरुलाई सुझाव दिएका छन् । सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै कोरोनाबाट बच्ने उपाय उल्लेख गरेका छन् । सलमानले कोरोनाबाट बच्नको लागि हात नमिलाउन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘नमस्कार, हाम्रो सभ्यता नमस्कार र सलाममा छ । जब कोरोना भाइरस खत हुन्छ तब मात्र हात मिलाउने र अंकमाल गर्ने गरौँला ।’
सलमानले कोरोनाकै कारण चलचित्र ‘राधे’को छायांकन नै स्थगित गरेका छन् । थाइल्याण्डमा हुने भनिएको सेड्‍युल उनले केही समयको लागि पछि सारेका छन् । कोरोनाबाट सुरक्षित हुनको लागि उनले छायांकन नै पछाडि सारेका हुन् ।
चिनबाट सुरु भएको कोरोनाको त्रास अहिले विश्वव्यापी बनिरहेको छ । भारतमा पनि कोरोनाको सन्त्रास बढिरहेको अवस्था छ । धेरै जना सेलिब्रेटीहरु कोरोनाबाट बच्नको लागि सुझाव दिइरहेका छन् ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल