Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भुवन केसीले ल्याएको ‘फिल्म बनाउने योजना’लाई डीसीले गरे खारेज

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले फिल्म बनाउने योजना अगाडि सारेका थिए । यसका लागि बोर्डले बजेट समेत छुट्टाएको थियो । तर, चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले भने निवर्तमान अध्यक्ष केसीको योजनालाई खारेज गरिदिएका छन् । आज पदभार ग्रहण गर्दै उनले बोर्डले फिल्म बनाउने भनेर अगाडि सारेको योजनालाई खारेज गरेको घोषणा गरे । उनले भने–‘चलचित्र विकास बोर्डले फिल्म बनाउने होइन । फिल्म बनाउनेहरूलाई सहयोग गर्ने हो । चलचित्र विकास बोर्डले सम्पादन टेबल नै खडा गरेर काम गर्ने होइन । फिल्मको सम्पादन गर्नेहरूलाई सहयोग गर्ने हो ।’ यस्तै, विकास बोर्डले भ्यानेटी भ्यान किन्ने योजना समेत ल्याएको भन्दै यसको अर्थ नभएको अध्यक्ष डीसीको भनाई थियो ।
उनले, विकास बोर्डलाई अब शून्यबाट अगाडि लैजाने भन्दै सबैको सहयोग र साथको अपेक्षा गरे । उनले भने–‘चलचित्र विकास बोर्डमा म प्रवेश गर्दै गर्दा यति धेरै माया र विश्वास प्राप्त भएको छ । म यहाँ पैसा कमाउन आएको होइन । पैसा कमाउनका लागि मलाई बोर्ड भन्दा बाहिर नै ठिक छ । फिल्म क्षेत्रमा रहेर मैले सबै कुरा कमाए । यसैले, यसपटक सोही फिल्म क्षेत्रका लागि काम गर्न आएको हुँ ।’


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल