Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपसभामुख विरुद्ध बाहुबलको प्रयोग

काठमाडौं । यहाँ ठूला काण्ठमा मुछिएकाहरु खुलेआम लोकतन्त्रलाई चुनौती दिइरहेका छन् । तर एउटी सामाजिक क्षेत्रबाट संसद छिरेकी चेलीको पद हत्याउन बाहुबलको प्रयोग हुन लागिरहेको छ । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर तयार पारेर राखेका छन्। नेपाली कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार, दुई तिहाइ सांसदको हस्ताक्षर तयार भइसकेको छ। यो संख्या संसद्‌मा बहुमतका लागि आवश्यक पर्ने संख्याको पर्याप्त हुन्छ। सरकारलाई समर्थन गरेका सांसदहरूको हस्ताक्षर भइसकेको छ । हस्ताक्षर संकलन भएको सूचना पाउनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबार बेलुकी भेट गरेका छन्। भेटमा उनले प्रधानमन्त्री ओलीसँग उपसभामुखबारे सरकारको आधिकारिक धारणा माग गरेका थिए। दिनभर पोखरामा रहेका रविले काठमाडौँ फर्किएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ। उपसभामुखले सकभर राजीनामा दिएर मार्गप्रशस्त गराउने प्रयास सत्तारुढ दलहरूको छ। यद्यपि, उपसभामुख भने राजीनामा दिने मनस्थितिमा छैनन्। तर, कांग्रेस–एमाले मंगलबार दिनभर सांसदहरूको हस्ताक्षर उठाइएको छ। भोलि बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। एमालेले उपसभामुखले पदको गरिमा हटाउने काम गरेको आरोप लगाएको छ। उनले बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्। ग्रेसका अर्का सांसदले पनि राजीनामा दिए राम्रो हुने बताए। बालुवाटार स्रोतले पनि भदौ महिनाभित्र त्यो काम भइसक्ने जानकारी दियो। सोही अनुसार, नेकपा एमालेका सांसदहरूलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देशनसमेत दिइसकेको छ। भदौ २५ गते बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमाले सांसद्ले उनको राजीनामा मागेका थिए। तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने विरोधमा उत्रिएका छन्। उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो। उक्त विषय राष्ट्रहित विपरित र पदीय गरिमाविपरित भएको भन्दै सत्तारुढ दलहरूले मंगलबार बिहानबाट राजीनामाको विषय उठाएका थिए। खासमा संवैधानिक परिषद्‌मा कांग्रेसको उपस्थिति अहिले शून्य छ। विपक्षी दलको नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल छन्। परिषद् सदस्य रहने उपसभामुख पनि प्रतिपक्षी बेञ्चमा रहेको रास्वपामा रहेको भएपछि सत्तापक्षसँग पर्याप्त बहुमत छैन।