Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार अभियुक्त पक्राउ

ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङको २०७६ जेठ २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका अभियुक्त मैवाखोला गाउँपालिका(१ बस्ने प्रकाश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय दमकको समन्वयमा तामाङलाई दमक नगरपालिका(२ गुम्वाचोकबाट फेला पारी पक्राउ गरेको हो ।
तामाङलाई आवश्यक कारवाहीको लागी शुक्रबार जिल्ला अदालत ताप्लेजुङ उपस्थित गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारगार ताप्लेजुङ चालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल