Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई मन परे हुन्छ । उनको मन परेका मान्छेले पार्टीको कुनै गतिविधिमा सरिक हुनै पर्दैन । पार्टीलाई सहयोग पु¥याएका पूर्व प्रशासक, अर्थविद्, कुटनीतिज्ञ र राजनीतिक क्षेत्रका कति छन् ? तिनको खोजी अध्यक्षबाट हुँदैन । चाकडी गर्ने हात जोड्ने ओलीले भनेको कुरा दायाँ बायाँ नगरी हस् भन्नेहरू नै फाइदा लिनेमा पर्छन् ।
अर्थमन्त्री बन्दा जनताको जीवनमाथि प्रहार गर्ने अग्रवालाहरूको सेबक बनेका युवराज खतिवाडलाई प्रमको आर्थिक सल्लाहकार बनाइयो । जबकि खतिवडा राष्ट्र बैंंकको गभर्नर, राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष समेत बनाइए । एमालेका लागि डा. खतिवडाले सिन्को भाच्न परेन । यिनैलाई अमेरिकी राजदूत पनि बनाए तर सत्ता फुत्क्यो उनी राजदूतमा समय बिताउन पाएनन् । आठौं पटक मन्त्री भएका उपप्रम तथा अर्थमन्त्री विष्णु पौडेल भने एमालेका सहनशिल नेता हुन् । ललिता निवास प्रकरणका नायक विष्णु ०४८ सम्म सुकुम्बासी थिए । अहिले भैसेपाटीमा महल, ललिता निवासमा ८ आना जमिन कब्जा गरेर फिर्ता गर्ने निष्ठावान हुन । उनले कालो बजार नियन्त्रण, महंगीमाथि प्रहार गर्लान् भन्ने विश्वास छैन । दलाल व्यवसायको शेयर बढ्नु र घट्नुमा जनतालाई सरोकार हुन्न । यस्तै भाग्यमानी हुन् अञ्जान शाक्य । उनी कहिले परराष्ट्र नीति प्रतिष्ठानको उप निर्देशक कहिले राजदूत भइन् । पार्टी कमिटी कुन चराको नाम हो सायद पत्तो छैन । यस्तै भाग्यमानी हुन् इञ्जिनियर सुशील ज्ञवाली । उनी लगानी बोर्डको कार्यकारी भएका छन् । उनले २ पटक राष्ट्रिय पुननिर्माण प्राधिकरणको रेखदेखमा बनेको धरहरा ३ वर्ष अगाडि नै प्रम केपीले उद्घाटन गरेका थिए । जुन धरहरा असोज ३ गते सर्वसाधारणका लागि सञ्चालन हुँदैछ । प्रधानमन्त्री ओलीलाई शिलालेख प्रेम छ ।
रघुवीर महासेठका जोई पोईले बारम्बार सांसद र मन्त्री पद पाउनुमा पैसाको खेल हो । व्यवसायी उपेन्द्र महतोकी बहिनी जुली महतो रघुवीरका लागि खम्बानै हुन् । ल्होत्से बहुउद्देश्यीय संस्थाले काठमाडौं महागनरको अधिनको बसपार्क भाडामा लिएर भाडा नतिर्दा पनि प्रम ओलीको आर्थिक समृद्धिमा पर्छ कि पर्दैन प्रश्न छ । प्रम ओलीलाई कामको प्रतिफल होइन आफ्ना सेवक बने पुग्छ । उनले पार्टीलाई लगानी गरेका झापा आन्दोलन र वामपन्थी आन्दोलनका खम्बाहरूको चासो दिँदैनन् । बरु बिजुली प्रयोग गरी नाफा कमाएर विद्युत महसुल नतिर्नेहरूलाई सघाउँछन् भन्ने कुरा छर्लङ्ग भएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल