Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जहाँ गयो त्यहाँ समृद्धि र विकासको बतासे कुरा गर्दै तालि खाने प्रधानमन्त्री केपी शर्मा ओलीले बेथिति र विकृतिका विरुद्ध कठोर हुन जानेका छैनन् । आफ्नो पद जोगाउन उनले नेपाली काँग्रेसले सिफारिश गरेका कुडा कर्कटहरूलाई स्थान दिन थालेपछि पार्टीभित्रै उनका विरुद्ध आवाज उठ्न थालेको छ । काँग्रेसको भागवण्डा मिलाउन भ्रष्टाचारी र मानव तस्करहरूलाई सरकारमा सहभागी गराउने मात्रै होइन, नेपाल स्काउटको जमिन भाडामा लिएर आफूले कबोल गरे अनुसारको भाडा नबुझाउने दीपक खड्का कोइराला परिवारका सज्जन डा. शशांक कोइरालाका भागमा मन्त्री बने । पछिल्लो चरण सहकारी बोर्डमा त्यस्तै पात्रलाई बोर्ड सदस्य बनाइयो । प्रधानमन्त्रीले गलत पात्र र प्रवृत्तिहरूलाई अस्वीकार गरेको भए नेपाली काँग्रेसले पात्र र प्रवृत्तिहरू फेर्न बाध्य हुन्थ्यो । कुटनीतिक रुपमा पनि त्यस्तै गलत प्रवृत्तिहरूलाई काँग्रेसले सिफारिश गर्ने, प्रधानमन्त्रीले स्वीकार गर्ने गरिएको छ । सरकारमा जान अनेक फुलबुट्टा भरेर संविधान संशोधनको हल्ला गर्दा संसदमा अन्य राजनीतिक दलहरूको उपस्थितिलाई चासो दिइएन । झण्डै दुई तिहाइको नाममा वर्तमान सरकारले देखाएको दम्ब र अहंकारको प्रतिफल मुलुकमा आइपरेको दैवी प्रकोपमा समेत उदांगो भएको छ । ग्यासको पाइप, पानी जहाजको हल्ला चलाएर तीन वर्षसम्म निर्माण हुन नसकेको धरहरामा दोस्रो शिलालेख टाँस्ने प्रधानमन्त्री केपी ओलीले शैक्षिक योग्यता नै नभएका व्यक्तिलाई श्रीलंकाको राजदूत बनाउन भएको सिफारिश समेत छानविन गर्न नसक्दा संसदीय सुनुवाई समितिका सदस्यहरूले नै आश्चर्य प्रकट गरे । चाडबाडको समयमा विचौलिया र माफियाहरूलाई फाइदा पुग्ने गरी सरकारले बजार अनुगमनको हल्ला मात्र फिँजाइरहेको छैन, काला बजारियाहरूलाई समेत प्रोत्साहन दिइरहेको अवस्था छ । जबकि त्यहाँ एमालेका दामोदर भण्डारी आपूर्तिमन्त्री छन् । पार्टीको प्रतिष्ठा बचाउने र सरकारमा गएपछि जनताको सेवा गर्ने एकल निर्णय गर्ने नेता यो मुलुकमा जन्मिएनन् । माओवादी राम्रो, एमाले नराम्रो भन्ने होइन । नेपाली काँग्रेसबाट त जनताले कुनै अपेक्षा नै गर्दैनन् । किनकि भ्रष्टाचार, माफियातन्त्र नेपाली काँग्रेसको मुलमन्त्र बनिसकेको छ । विपक्षीमाथि आक्रमण गर्नेले आफू शुद्ध हुनुपर्दछ । विगतमा प्रधानमन्त्रीका पछाडि उनको बोली प्रचार गर्ने साइबर सेनाहरूको प्रशस्त उपस्थिति थियो भने यस पटक सरकारका राम्रा काम प्रचार गर्ने सिलसिला पार्टीभित्र शुरु भएन भन्ने चिन्ता प्रधानमन्त्रीलाई परेको छ । एमालेभित्र आन्तरिक विवाद चुलिँदै गएको अवस्थामा पुराना विवादहरूलाई समाधान गर्दा नयाँ शक्तिहरूको बीचमा तालमेल गर्ने वातावरण पनि बनेको छैन । मिसन ०८४ एमाले अध्यक्ष केपी ओलीको एकल एजेन्डा बने पनि सरकारमा भएको अवस्थामा जनजीविकाका सवालमा काम नहुँदा वामपन्थी शक्तिहरूबीचमा हुने विवादको फाइदा लिनका लागि काँग्रेस तत्पर छ । तर त्यहाँ नेतैपिच्छेका गुटका मन्त्रीहरू छन् जसले कमाउनु भन्दा अरु सोचेकै छैनन् । देशका लागि वर्तमान सरकारले कहाँ कति काम ग¥यो ? प्रधानमन्त्री नै बेखबर छन् । यो स्थितिमा आफ्नो पद जोगाउनका लागि प्रधानमन्त्रीले गलत पात्रहरू बोकेर समृद्धिको ढोका खोल्छु भन्नु जनतालाई उल्लु बनाउनु बाहेक केही होइन ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल