Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीव्र गतिका कारण गाडी दुर्घटना, चालक फरार

काठमाडौं । सल्यानमा २० जना सवार फोर्स गाडी दुर्घटनामा परेको छ। आज बिहान नेपालगन्जबाट दसैँका यात्रु लिएर रुकुम पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५००२ नम्बरको गाडी सल्यानको कुमाख गाउँपालिका ३ गुरेली खोलास्थित देवस्थान चौरजहारी भित्री सडकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी इन्सपेक्टर रेशमबहादुर खत्रीले जानकारी दिए । दुर्घटनामा १६ जना घाइते भएका छन्, घाइतेमध्ये चारजनाको अवस्था गम्भीर भएकाले उपचारको लागि बाहिर पठाएका छौँ। आज बिहान ४ बजे ब्रेक फेल भएपछि गाडी भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो। दुर्घटनामा रुकुमको चौरजहारी नगरपालिका(१ का ३३ वर्षीय त्रिलोचन गिरी, सल्यानको कुमाख गाउँपालिका ३ का सन्तोष राना, बसन्त भारती,गीता बुढा, बसन्ता भारती, कुमाख गाउँपालिका १ की बिष्णु चन्द, घनश्याम केसी, पारस भारती, सम्झना भारती, हरि सुनार, विनोदनाथ योगी, विनितानाथ योगी, सलिना शाही, दिपकनाथ योगी, सुजाता बुढाथोकी र बिन्दु लमिछाने घाइते भएका छन्। घाइतेमध्ये ३२ वर्षीया गीता बुढाथोकी र ३३ वर्षीय त्रिलोचन गिरीसहित चार घाइतेको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ। अन्यको चौरजहारी मिसन अस्पतालमा उपचार भैरहेको खत्रीले जानकारी दिए।
दुर्घटनापछि गाडी चालक कुमाख गाउँपालिका ३ का २२ वर्षीय वसन्त बुढाथोकी फरार भएका प्रहरीले जनाएको छ । तीब्र गतिका कारण ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।


सम्बन्धित समाचार

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल