Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजार २७४५ अंकमा

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । दिउँसो कारोबार भइरहँदा २ः१० बजे बजार २७८० अंकसम्म पुगेको थियो । त्यसपछि बजार ओरालो लाग्दा वृद्धि खुम्चिन पुग्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रह्यो । व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । बैंकिङ ०.४०, फाइनान्स ०.५१, लगानी ०.७१, उत्पादन ०.२१, अन्य ०.३६ प्रतिशत बढ्दा निर्जीवन बीमा स्थिरजस्तै रह्यो । माइक्रोफाइनान्स ०.१९, जीवन बीमा ०.२४, हाइड्रोपावर ०.१२, होटल तथा पर्यटन १.४८ र विकास बैंक समूह ०.६४ प्रतिशत घटे । गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ७।६ प्रतिशत बढ्यो । समाज लघुवित्तको ५.१२, रावा इनर्जीको मूल्य ५.१२ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एचआईडीसीएल प्रमोटर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर र गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।


सम्बन्धित समाचार

हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ कार्तिक १

ताजा नेपाल

जोडियो खुर्कोट मन्थली, बन्यो बेलिब्रीज

२०८१ कार्तिक १

ताजा नेपाल