Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सरकारविरुद्ध यस्तो छ माओवादीको तयारी
काठमाडौं । सत्ताबाट हट्नु पर्दाको छटपटीमा माओवादी केन्द्र रहेको छ । जनतालाई सडकमा उतारेर फेरि सत्तामा पुग्ने सोच उसमा भए पनि जनतालाई सकडसम्म ल्याउने मुद्दा भेटेको छैन । नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध शनिबार काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनमा ३० हजार मानिस उतार्ने तयारी गरेको छ । त्यसका लागि सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ । प्रदर्शनीमार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको छ । यो प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले बताए । खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् । त्यसपछि जुलुश सुरु हुने छ । सभामा सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोक्ने छन् । जुलुशको बीचमा साउण्डसिस्टम जडित तीनवटा गाडीहरु हुनेछन् । सहभागीहरुले सरकारविरुद्ध नारा लगाउने छन् । सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने छन् । अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ । सभाका लागि राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाका अनुसार विरोध सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाका पालिकाहरुबाट मात्र कार्यकर्ताहरुको सहभागिता रहने छ ।
यसपटक राजधानी बाहिरबाट कार्यकर्ता ओसार्दैनौं, उनले भने, यो विरोध प्रदर्शन काठमाडौं उपत्यकाको मात्रै हो भनेर बुझ्दा हुन्छ । सभामा ३० देखि ३५ हजार जना सहभागी हुने अनुमान गरिएको उनले बताए । सुरुमा २०–२५ हजार जम्मा हुन्छन् होला भन्ने लागेको थियो, तर अहिले त्यो बढेर ३०–३५ हजार हुन्छन् हाम्रो आँकलन छ, सिंखडाले भने, सकेसम्म सवारी आवागमनलाई बाधा नपुगोस् भनेर ध्यान दिएका छौं ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल