Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अनुहार र सुटेट बुटेट हेरेर कारबाही रोकिदैन प्रमाण भए पुग्छ – गृहमन्त्रि लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख हेरेर नभई तथ्य र प्रमाण हेरेर गरिने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले भने, कुनै पनि अपराधिक कार्यमा जो पनि अनुसन्धानको दायरामा आउँछ र आउनुपर्छ । कसैमाथि पनि काखापाखा हुदैँन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन । कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख होइन, तथ्य हेरेर र प्रमाण हेरेर गरिन्छ ।

बैठकमा सहभागी अधिकांश सांसदले अख्तियार तथा प्रशासनिक निकायले अपराधमा संलग्न व्यक्तिमाथि अनुसन्धान गर्दा सत्तापक्ष र प्रतिपक्षको हिसाब किताब गरेर गर्ने गरिएको आरोप लगाएका थिए ।


सम्बन्धित समाचार