Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली शासनमा कानुनको धज्जी उडाइँदै

काठमाडौँ । भ्रष्टाचार हुन दिन्न मुखले भन्यो, व्यवहारमा ११ अर्बको सेक्युरिटी प्रेसको २७ अर्बमा खरिद गर्न दाता राष्ट्रलाई समेत दबाब दिने कम्युनिस्ट पार्टीको अहङ्कारी अध्यक्ष खड्ग ओलीकै कारण देशको ऐन कानुन कागजी खोस्टामा परिणत भएको छ । मन्त्री पदमा बहालीको ६० दिन र आर्थिक वर्षको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाको सङ्घीय सरकारले धज्जी उडाएको कारण प्रदेश सरकारले पनि धज्जी उडाएका छन् । राजनीति गर्नु कमाउनु हो, सेवा होइन, व्यापार हो भन्ने कुरा वर्तमान सरकारले गरेका गलत नीतिगत निर्णयहरूले पुष्टि गरेका छन् ।
कानुनी तहमा कम्युनिस्ट पार्टी र सरकार बलियो भए पनि बेथिति हटाउने र भ्रष्टाचार घटाउनेतर्फ ध्यान दिएन, बरु सरकार ललिता निवास प्रकरण, वाइड बडी रकम भुक्तानी प्रकरण, ३३ किलो सुन प्रकरण, फोरजी सेवा विस्तारको लुट, विद्यालयहरूमा इन्टरनेट सेवा पु¥याउने योजनाको लुट, एनसेल काण्ड जस्ता पौरखी काममा नेकपाको ओली गुटले सफलता हासिल गरेको छ । सरकार सस्तो सर्वसुलभ काम गर्दैन, बरु ११ अर्बमा बन्ने काम २७ अर्ब बनाउनु पौरख ठान्दै आएको छ । सत्तामा पार्टीको चासो र चियो नहोस् भनेर प्रम ओलीले आफ्नो गुटबाहेकलाई बाइपास गरेका छन् । त्यो सत्य लुकाएर लुक्दैन । भ्रष्टाचार सेनाभित्र पनि व्यापक छ । प्रधानमन्त्रीले ५ करोडसम्मका प्रत्येक आयोजना आफूमातहत तान्नु पनि भ्रष्टाचार चम्काउनु हो । सत्य पचाउन नसक्ने आफू राजा बन्ने रुचि देखाएका केपी ओलीको नियत नै दलीयरूपमा खराब देखिँदैछ । भ्रष्टाचार चम्काएर अर्बपति बन्न खोज्दा तत्कालीन सञ्चारमन्त्रीले पद त्याग्नुप¥यो । यस्तो निर्घृणी काम न त प्रधानन्त्री ओलीले असक्षम भनेर हटाएका गोकर्ण विष्टले गरे न त चक्रपाणि खनालले गरे । ओली सरकारको लुटाहा शैलीले अब किसानको दूध सडकमा पोखिने दिन आउन सक्छ, किनकि पाउडर दूध फिटेर बेच्न पल्केका निजी डेरीहरूले रुचाएको व्यक्ति दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थानमा ल्याइँदैछ । किनकि ओलीको टिमले पैसा नलिएसम्म त्यो ठाउँमा व्यक्तिहरू छनोट हुने छैनन् ।
फूर्ति लगाएर हुँदैन, नेपाल टेलिकमले आम्दानी विगतको जस्तो गरेको छैन । अर्थमन्त्रीले अनुमान गरेको राजस्व उठ्न नसक्नु भनेको सरकारको असफलता हो । तर ओली गुट र उनको मण्डलीले यस्ता कुरामा चासो लिँदैन । किनकि राष्ट्रिय सम्पत्तिमा लुट वर्तमान सरकारको राष्ट्रिय चासो बनेको सबैलाई थाहा छ । मान्छे कतिसम्म नालायक र लिच्चड बनेको छ भन्ने कुरा ललिता निवास प्रकरणमा जोेडिएका नेकपाका महासचिव विष्णु पौडेल, निर्वाचन आयुक्त सुधीर शाह, सर्वोच्चका न्यायाधीश भरतमणि रेग्मी जस्ताको चरित्रले प्रदर्शन ग¥यो । यदि नैतिकता, आदर्श र समाजसँग डर थियो भने यी महारथीहरू आफू भएको पदमा विराजमान भइरहन सुहाउँथ्यो ? नैतिकहीन, पतीत र भ्रष्टाचारको नाइके जनतामारा गुटको संरक्षक र निसन्तान चरित्रहरूहरूले देशको शासन गरेका छन् । त्यस्तालाई पार्टीको डर छैन, गुण्डा, अपराधी र भ्रष्ट उसकै वरपर छन् । ठुल्ठूला राष्ट्रघात, आर्थिक लुट उसैको आदर्शमा भइरहेका छन् । उसको अगाडि अरू नेता प्रजा बनेका छन् । गुटका कार्यकर्ता दास भएका छन् । केपी ओली शाहीकालीन ज्ञानेन्द्र बनेका बेला मुलुकको कानुन कहाँ कार्यान्वयन हुन्छ ? कम्युनिस्ट सरकारले कहाँ दियो नयाँ सन्देश ? कूटनीतिक क्षेत्रमा आफन्त र दलाल पठाएकै छ । संवैधानिक अङ्गहरूमा राजनीतिज्ञको योग्यता पुग्न दिइँदैन । हिजो पुँजीवादी यथास्थितिवादीहरूले बनाएको कानुन यथावत् छ । अख्तियार, मानव अधिकार आयोग, निर्वाचन आयोग, महिला आयोग, दलित आयोग, जनजाति आयोग, मुस्लिम आयोग जस्ता आयोगहरूमा प्रशासनिक साथ लिएर दलका पुराना राजनीतिक रूपमा सक्षम, योग्य, क्षमता भएका नेतालाई मौका दिँदा के बिग्रन्छ ? नयाँपन नयाँ रणनीति यहाँँ लागू गरेको भए पो प्रधानमन्त्री ओलीको जय भन्नु । कुरा चर्को तर प्रवृत्ति उस्तै उनको नाममा स्थानीय तहका छोटे राजाहरू जागेकै छन् । भ्रष्टाचार चरम छ, बेथिति उस्तै छ । परिवर्तन कहाँ छ ? गुटको आउगुजी उस्तै छ, ब्रम्हलुट चम्केकै छ ।


सम्बन्धित समाचार