Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कैदीबन्दी रिहा गर्ने तयारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण जेलमा पनि देखिन थालेपछि अमेरिकाले कैदीबन्दी रिहा गर्ने तयारी थालेको छ । न्युर्योक सिटीले जोखिममा रहेका कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि लस एन्जलस र क्लेभल्याण्डले सयौँ कैदी बन्दीलाई रिहा गरेका थिए । जेल सुधारको पक्षमा वकालत गर्दै आएकाहरुले जेलमा रहेकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिने र उनीहरुबाट अरुमा सर्ने जोखिम बढी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकामा अहिलेसम्म १४ हजार २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यस्तै कोरोनाका कारण अमेरिकामा हालसम्म २ सय १८ जनाको मृत्यु भएको छ । विश्वभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ४५ हजार पुगेको छ । यस्तै ज्यान गुमाउनेको संख्या १० हजार ४८ पुगेको छ । न्युर्योक सिटीका मेयर बिल डी ब्लासिओले रिहा गरिने कैदी–बन्दीका पहिचान गरी चाँडै नै रिहाको प्रक्रिया थालिने बताएका छन् ।
यसरी रिहा गरिने कैदीमा सामान्य अपराधमा पक्राउ परेका तथा कोरोना संक्रमणको उच्च जोखिम रहेकाहरु हुने जनाइएको छ ।