Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन सहकारी ठगीमा पक्राउ पुर्जी जारी, एमालेबाट निर्वाचित भएपछि के को पिर ?

काठमाडौं । तीनवटा सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भए पनि सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराललाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन। उनीविरुद्ध सुप्रिम, नाता र स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको हो। तर उनी अहिले पनि गाउँपालिकाको उपाध्यक्षका रूपमा निर्धक्क सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन्। हिजो मंगलबार मात्र उनी फिक्कल ३ स्थित प्रकाशोदय माविको अभिभावक भेलामा सहभागी भएका छन्। उनी आफैँले सामाजिक सञ्जालमा त्यसको तस्बिर राखेर जानकारी दिएका छन्। बराल नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष हुन्। उनी मुछिएको स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ। यस विषयमा जिज्ञासा राख्दा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले भने, त्यस्तो हो भने म बुझेर तुरुन्त कारबाही अघि बढाउँछु।


सम्बन्धित समाचार

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल