Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहितास कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे। अस्पतालले उनको पोस्टमार्टम गरेन। तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास बिरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए। तर उनको उपचार नगरीकनै मृत घोषणा गरिएको थियो र उनलाई मृतक राख्ने कक्षमा पठाइयो। परिवारजनले उनको हिन्दु संस्कारअनुसार अन्त्येष्टिको तयारी गरे। भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उनलाई छारे रोग मिर्गीको समस्या देखिएको रहेछ। अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, ‘एक जना चिकित्सकले पोस्टमार्टम नगरी पोस्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ। ‘चिता जलाउनुभन्दा केही समयअघि रोहितासको शरीरले हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उहाँ जीवित रहेको र सास फेरिरहेको पाएपछि उहाँलाई पुनः अस्पताल लगिएको थियो,’ सिंहले भने।
रोहितासलाई दोस्रोपटक अस्पताल लगिएको र उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो। अधिकारीहरूले अस्पतालको सेवा केही समयका लागि बन्द गरिएको जनाएका छन्।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल