Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली लाईसेन्सधारी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय ट्राफिक प्रभाग थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नक्कली लाईसेन्स प्रयोग गरी सवारी साधन चलाउने ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका-२ नागढुंगा बस्ने मकवानपुर सिस्नेरी घर भएका चन्द्रागिरी यातायातको बा.५ ख ६६७२ नम्बरको बसका चालक २२ वर्षीय मनिष स्याङताङ, काठमाडौं टोखा नगरपालिका-१५ घर बताउने ना. ६ ख ६१०० नम्बरको ट्रकका चालक २२ वर्षीय अविनास खड्का र काभ्रे चौरी देउराली गाउँपालिका-५ घर भएका २२ वर्षीय सुजन गौतम रहेका छन् । उनीहरुमध्ये मनिष स्याङताङलाई बुधबार तथा अविनास खड्का र सुजन गौतमलाई बिहीबार पक्राउ गरेको हो । उनीहरू उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको लिखत सम्वन्धि कसूर अन्तर्गत अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


सम्बन्धित समाचार