Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चुनावी मैदानमा होस् या सरकारमा कहिले को सँग टासिएर त कहिले को सँग टासिएर माअोवादी हिँड्ने बानीले उसलाई एक्लै हिँड्ने हिम्मत हराइसकेको छ । तर भर्खरै सम्पन्न उप निर्वाचनले भने उसलाई एक्लै हिँड्ने साहस थपिदिएको छ । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको हो । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ४४ मध्ये ११ स्थान जितेर दोस्रो हुँदा उत्साहित भएको माओवादीको आज पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसेको थियो । बैठकले उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको र माओवादीको जनमत सबैतिर राम्रो भएको निष्कर्ष निकालेको छ । बैठकपछि माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले भने, बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ । कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार दोस्रो भए पनि त्यसलाई पनि जितकै रुपमा लिएर उत्साहित भएको उनले बताए । सापकोटाले अब सबै तयारी २०८४ को चुनाव जित्नका लागि गर्ने बताए । त्यसका लागि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजाने, पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने उनले जानकारी दिए । सापकोटाले २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्न माओवादी केन्द्रले पहल गर्ने समेत बताए ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल