Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। गृहमन्त्रालयले आठ डिआइजीको पदस्थापनसहित प्रदेश प्रमुख रहेका डिआइजीको सरुवा तयारी गरेको छ। आठ डिआइजीको बढुवा भएपनि पदस्थापन नभइसकेको अवस्थामा त्यससँगै प्रदेश प्रमुखहरुको सरुवा हुने भएको हो। डिआइजीमा बढुवा भएकाहरु ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई पदास्थापन गर्ने क्रममा प्रदेश डिआइजीहरुको पनि हेरफेर गर्ने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ। प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार कोशी, गण्डकी र लुम्बिनीमा गत जेठमा बढुवा भएका डिआइजीहरुलाई पठाउन लागिएको छ। उनीहरु मध्ये कृष्णहरि पोखरेल बाग्मती प्रदेशमा रहेका छन् भने अन्य तीन जना काठमाडौमै रहेका छन्। प्रहरी प्रवक्ता रहेका दानबहादुर कार्कीले लुम्बिनी प्रदेश मागेका छन्। उनले कोशी जान रुची देखाएका छैनन्। विशेष व्यूरोमा रहेका राजन अधिकारी कोशी जाने तयारीमा छन्। अधिकारीले कोशी प्रदेशको कमाण्ड गर्ने रुची देखाएका छन्। कोशीमा अहिले चन्द्रकुवेर खापुङ रहेका छन्। गण्डकीमा रहेका बुद्धि गुरुङ बढुवा भएर काठमाडौ आइसकेका छन्। लम्बिनीमा कुँवेर कडायत छन्। उनी बढुवको सम्मुखमा रहेका छन्। बढुवामा उनी छुट्दै आएका छन्। गण्डकीमा भने सिद्धिविक्रम शाही र मनोज केसी मध्ये एकलाई पठाउने तयारी भएको छ। प्रहरी प्रधानकार्यालयमा रहेको प्रबन्ध शाखामा रहेका केदार ढकालको बढुवा भएपछि त्यहाँ जान पनि केही डिआइजीहरु लागिरहेको छन्। यसैगरी सुदूरपश्चिम प्रदेशबाट रविन्द्र केसीको सरुवा गरेर उमाशंकर चतुर्वेदीलाई पदास्थापन गर्ने तयारी भएको स्रोतको दावी छ। यसपटक विमानस्थल र ट्राफिकमा दरवन्दी नआएका कारण त्यहाँ एसएसपीले नै काम चलाउने संभावान रहेको छ। यता मंसिर २१ ९आज०गते एआइजी केदार ढकाल विदा हुँदैछन्। २७ गते एआइजी भीम ढकालको पनि अनिवर्या अवकाश हुँदैछ। उनीहरुको स्थानमा पनि बढुवा लागि तयारी थालिएको छ। त्यसमा कुवेर कडायत र दूर्गा सिंह चन्द तथा भरत बोहोरा मध्ये दुईलाई बढुवा गर्न लागिएको छ। यसैगरी पुस १४ गते किरण बज्रचार्य पनि घर जाँदैछिन्। उनको स्थानमा एक डिआइजीलाई एआइजीमा बढुवाको तयारी थालिएको छ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल