Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गढीमाई मेलामा १० हजारभन्दा बढी राँगाको बलि

गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । हाल गढीमाई मन्दिरमा दर्शन गर्न भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ ।

केही समयअघि गढीमाईको भाकल गरेका थियौँ । माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजाअर्चना गर्न आएका हौँ, दर्शनार्थी यादवले भने, परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरूको उल्लेख्य मात्रामा हुनुहुन्छ ।

बरियापुरस्थित गढीमाई मन्दिरमा यही मंसिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । पाँचरपाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनको निकै भव्य र सभ्य ढंगले उपस्थिति हुने गर्छ । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् ।

गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीको सहभागिता अत्यधिक रहेको बताए । विगतका वर्षमा जस्तै यसपालिको पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो छ, उनले भने, सम्भवतः महिनाभरिको मेलामा करिब एक करोडभन्दा धेरै दर्शनार्थीहरू उपस्थिति हुने अपेक्षा राखेका छौँ । जसमा भारतीय पर्यटकको हिस्सा ६० र स्वदेशीको ४० प्रतिशतको हाराहारीमा हुने अनुमान छ ।

गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको चापका कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भीडभाड र घुइँचो छ । दशनार्थीको भीडका कारण ट्राफिक व्यवस्थापन जटिल बनेको छ ।

कलैयादेखि बरियापुरसम्म दुईपांग्रे मोटरसाइकल, तीनपांग्रे अटोरिक्सा, ई–रिक्सा, जीप, कार, भ्यान, बस, मिनिबस, ट्रकलगायत सवारीसाधनमा चढेर मन्दिर दर्शन गर्न आउनेको घुइँचो देखिन्थ्यो । ग्रामीण भेगका दर्शनार्थी ट्र्याक्टर रिजर्भ गरेर आउने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निलु दुवलले गढीमाई पञ्चवर्षीय मेलामा सवारीसाधनको भीडभाड अत्यधिक रहेको बताइन् । दिनरात जुनसुकै बेलामा पनि दर्शनार्थीहरू उपस्थित भइरहनुभएको छ, उनले भनिन्, पर्याप्त जनशक्ति खटाएर ट्राफिक व्यवस्थापन भइरहेको छ ।

आइतबार हिजो बिहान ४ देखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रह्मबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो । आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो । पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिका अनुसार करिब १० हजारभन्दा बढी राँगाको बलि दिइसकेको छ । आज पनि बिहानैदेखि बोका बलि चढाउने काम भइरहेको छ ।


सम्बन्धित समाचार