Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गढीमाई मेलामा १० हजारभन्दा बढी राँगाको बलि

गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । हाल गढीमाई मन्दिरमा दर्शन गर्न भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ ।

केही समयअघि गढीमाईको भाकल गरेका थियौँ । माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजाअर्चना गर्न आएका हौँ, दर्शनार्थी यादवले भने, परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरूको उल्लेख्य मात्रामा हुनुहुन्छ ।

बरियापुरस्थित गढीमाई मन्दिरमा यही मंसिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । पाँचरपाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनको निकै भव्य र सभ्य ढंगले उपस्थिति हुने गर्छ । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् ।

गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीको सहभागिता अत्यधिक रहेको बताए । विगतका वर्षमा जस्तै यसपालिको पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो छ, उनले भने, सम्भवतः महिनाभरिको मेलामा करिब एक करोडभन्दा धेरै दर्शनार्थीहरू उपस्थिति हुने अपेक्षा राखेका छौँ । जसमा भारतीय पर्यटकको हिस्सा ६० र स्वदेशीको ४० प्रतिशतको हाराहारीमा हुने अनुमान छ ।

गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको चापका कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भीडभाड र घुइँचो छ । दशनार्थीको भीडका कारण ट्राफिक व्यवस्थापन जटिल बनेको छ ।

कलैयादेखि बरियापुरसम्म दुईपांग्रे मोटरसाइकल, तीनपांग्रे अटोरिक्सा, ई–रिक्सा, जीप, कार, भ्यान, बस, मिनिबस, ट्रकलगायत सवारीसाधनमा चढेर मन्दिर दर्शन गर्न आउनेको घुइँचो देखिन्थ्यो । ग्रामीण भेगका दर्शनार्थी ट्र्याक्टर रिजर्भ गरेर आउने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निलु दुवलले गढीमाई पञ्चवर्षीय मेलामा सवारीसाधनको भीडभाड अत्यधिक रहेको बताइन् । दिनरात जुनसुकै बेलामा पनि दर्शनार्थीहरू उपस्थित भइरहनुभएको छ, उनले भनिन्, पर्याप्त जनशक्ति खटाएर ट्राफिक व्यवस्थापन भइरहेको छ ।

आइतबार हिजो बिहान ४ देखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रह्मबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो । आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो । पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिका अनुसार करिब १० हजारभन्दा बढी राँगाको बलि दिइसकेको छ । आज पनि बिहानैदेखि बोका बलि चढाउने काम भइरहेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल