Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले जानकारी दिए ।
साथै लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले कोरोना संक्रमणको संभावित जोखिम बारे सम्झाई बुझाई गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि आगामी चैत १८ गते बिहान ६ बजेसम्मका लागि लक डाउन गरेको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल