Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बढुवा भएका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को जिम्मेवारी नेपाल प्रहरीले तोकेका छ । सरकारले डीआईजीमा बढुवा गरेको एकसाता पछि उनीहरुलाई जिम्मेवारी दिइएको हो। गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यराति उनीहरुको पदस्थापनको सूचना सार्वजनिक गरिएको छ। जसमा २ जनाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। दोस्रो नम्बरमा बढुवा भएका भोलाबहादुर रावल र तेस्रो नम्बरमा रहेका गणेश चन्दले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन्। रावललाई गण्डकी प्रदेश र चन्दलाई सुदूरपश्चिम प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउत पदस्थापन भएका छन्। महत्वपुर्ण मानिने विशेष ब्यूरोमा सिद्धिविक्रम शाहलाई लगिएको छ। सुशिलसिंह राठौर प्रबन्ध निर्देशनालयमा र उमाप्रसाद चतुर्वेदी महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हिमालयकुमार श्रेष्ठ र कार्य विभागमा डम्बरबहादुर बिक पदस्थापन भएका छन्। उनीहरुको पदस्थापनसँगै १० जना डीआईजीको पनि सरुवा गरिएको छ। एकसाथ चार वटा प्रदेश प्रहरी प्रमुख हेरफेर गरिएको छ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल