Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपनिर्वाचनले वाम गठबन्धनलाई दबाव

  • अर्जुन ज्ञवाली

रिक्त स्थानमा रहेका स्थानीय उपनिर्वाचन र पत्रकार महासंघको केन्द्रीय, क्षेत्रीय र जिल्ला तहको निर्वाचनले वामपन्थी समिकरणको पक्षमा जनमत दिएको छ । स्थानीय निकायको रिक्त उप निर्वाचनमा पहिलो स्थानमा काँग्रेस, दोस्रोमा माओवादी र तेस्रोमा नेकपा एमाले हुनुलाई वाम समिकरणको पक्षमा देखिएको जनमत भन्दा अत्युक्ति नहोला । पत्रकार महासंघको जिल्ला र क्षेत्रीय स्तरको निर्वाचनमा काठमाडौं र ललितपुर जिल्ला जस्ता राजधानीको केन्द्रमा माओवादीहरूले विजयी गर्नु सामान्य होइन । केही समयदेखि नेकपा एमालेमा अहंकारले सीमा नाघिसकेको थियो । काँग्रेस–एमाले समिकरण बनिसकेपछि एमाले सांसद सूर्य थापाले अब खुद्रा पसल गर्ने सटरहरू बन्द भए भनेर दिएको अभिव्यक्ति होस् या एमाले महासचिव शंकर पोखरेलले नेपालमा काँग्रेस र एमाले दुई दल मात्रै छन् अन्य दलको अस्तित्व छैन भन्दै पटक पटक अभिव्यक्ति दिएका थिए । स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघको निर्वाचनले अब यदि दुई पार्टी सिष्टम भए काँग्रेस र माओवादीसहितको मोर्चा बन्ने र एमाले किनारा लाग्ने देखिन्छ । अन्यथा जनमतको हिसावले वापमन्थी जनमतलाई सुरक्षित राख्ने हो भने यो निर्वाचनले वाम समिकरणको पक्षमा जनमत देखाएको छ । वाम समिकरण बन्ने हो भने अहिले पनि वापमन्थी समिकरणको पक्षमा दुई तिहाई जनमत छ भन्ने कुरा यो स्थानीय निर्वाचन र पत्रकार महासंघको निर्वाचनले प्रष्ट पारेको छ । ब्रिक्सको सम्मेलन स्वयं अमेरिकामा डिपस्टेटको उदारवादी लोकततान्त्रिक तानाशाहको पराजयले विश्व भूराजनीतिले पनि वापमन्थी समिकरणको लागि अनुकुल वातावरण सिर्जना गरेको छ । यतिबेला वामपन्थी समिकरणको बहस पनि शुरु भएको छ । सीपी मैनाली, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठको आकस्मिक चीन भ्रमण, प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको क्रममा अगाडि बढाएको बीआरआई फ्रेमवर्कले पनि वापमन्थी समिकरणतर्फ लैजाने संकेत देखिँदैछ । समस्या कहाँ हो भने विगतको प्रचण्ड र ओलीबीचको कटुताको बीचमा मध्यमार्गी नेतृत्व जो एमाले, माओवादी र अन्य साना वाम घटकहरूलाई पनि सहज हुने नेतृत्वको खोजी अहिले भइरहेको छ भन्दा अत्युक्ति नहोला ।

के हो बीआरआई ?
बीआरआई नेपालमा कोदारि राजमार्ग जस्तै कोशेढुङ्गा हुनेछ । राजा महेन्द्रले कोदारि राजमार्ग खोल्दा पनि बिरोध गर्ने इन्डो÷पश्चिमाहरू थिए । महेन्द्रले कम्युनिस्ट बस चढेर आउदैनन भनेर जवाफ दिनु परेको थियोे । नेपाली काङ्ग्रेसका तत्कालीन कार्यवाहक अध्यक्ष सुबर्ण शमशेर, सुर्य प्रसाद उपाध्याय, बिपि कोइरालाहरूले कोदारि राजमार्ग खोल्दा बिरोधमा बक्तब्यनै निकालेका थिए । इतिहास फर्किएर हेर्न सक्नुहुन्छ । ति बेला फरक के छ भने राजावादी आवरणका महेन्द्र बिरोधिहरू, राजावादी आवरणका दरबार हत्याकाण्ड गराउने केन्द्र सङ्ग जोडिएका नक्कली रास्ट्रवादीहरू ठिक राजा महेन्द्रले कोदारि राजमार्ग खोल्दा बिरोधमा उत्रिएजस्तै गरि उत्रिएकाछन । कथित नक्कली राजावादीहरू मनुज चौधरीहरू खुला रूपमा आएकाछन भने अर्काथरि बिआरआइ र एम सि सि दाजुभाइ हुन भन्दै बिआर आइ विरुद्ध अभिव्यक्ति दिइरहेकाछन । फरक यति मात्रै हो ।
२०२७ सालमा इन्डियन चेकपोस्ट हटाउदा इन्दिरा गान्धिले लगाएको नेपाल विरुद्धको नाकावन्दि, २०४५ सालमा बहुदलवादिलाइ समर्थन गर्दै राजिब गान्धीले लगाएको नाकावन्दि र २०७२ सालमा के पी ओलि प्रधानमन्त्री रहेको समयमा संविधान निर्माण पछी नरेन्द्र मोदीले लगाएको नेपाल विरुद्धको नाकावन्दि राजनीति बीआरआई कार्यान्वयनले अन्त्य गर्नेछ । भारतीय एकाधिकारलाई तोडनेछ । यसकारण नक्कली रास्ट्रवादी देखी नाकाबन्दी लगाएर बहुदलीय ब्यवस्था ल्याउने बि पि वादी राजावादी, लोकतन्त्रवादी, उदारवादीहरूको निद्रा हराम हुन गएको छ । बीआरआईमा बिश्वका १४० भन्दा धेरै मुलुक सहभागीछन । त्यसमा नेपाल ७ औ महत्त्वपूर्ण मार्ग हो । बीआरआई सङ्ग जोडिएको केरुङ÷ रसुवा काठमाडौं नाका २०५८ जेष्ठ ३ गते चिनियाँ प्रधानमन्त्री झु रोङजिको भ्रमणमा हस्ताक्षर भएको थियोे । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यो सम्झौता गर्न खोजिरहेका थिएन ऊनी राजीनामा लिएर राजा बिरेन्द्र सङ्ग गएपछि राजाले राजीनामा नगर्न सुझाएर सम्झौता भएको थियोे । सम्झौता भएको १६ दिनपछि २०५८ जेष्ठ १९ मा दरबारहत्याकाण्ड भयो । बीआरआई विरुद्ध भ्रमछर्ने कथित नक्कली राजावादी तिनै राजा बिरेन्द्रका हत्याराहरूबाट परिचालित अपराधीहरू हुन र उनीहरूको केन्द्र बिरेन्द्रको हत्यागर्ने केन्द्र हो मनुज चौधरी र उनका समर्थक र झोलेहरूलाई यसरीनै बुझनु पर्दछ ।
बीआरआईको ८५% खर्च चिन आफैले खर्च गर्दछ बाकी १५% सम्बन्धित देशले चिनियाँ एग्जिम बैङ्कबाट सस्तो २% ब्याजमा लोन लिने हो । यसलाई चिनियाँ रिणको पासो देख्नेहरू आखा र दिमागमा रतन्धो लागेका दक्षिण ÷ पश्चिमका कन्स्पिरेन्सि थ्यौरि प्रयोग गर्ने अनुचरहरू मात्रै हुन इतिहास पुरानै रूपमा दोहोरिदैन नयाँ रूपमा अघि बढ्दछ । आजभन्दा २२ शय बर्षपुर्ब चिनियाँ सम्राटले अघि सारेको रेशमि मार्ग अहिले बीआरआईको रूपमा चिनले अगाडि सारेकोछ भने कोदारि राजमार्ग पछी नयाँ परिवेशमा बीआरआईलाई अगाडि बढाउदै नेपाल अगाडि बढनु नेपालको हितमै रहेको छ ।

दुर्गा प्रसाइ गिरफ्तारीलाई कसरी हेर्ने ?
प्रधानमन्त्री केपी ओलि र बर्तमान सरकारलाई प्रश्न । दुर्गा प्रसाइलाई पक्राउ गर्नेले यिनिहरूलाइ पक्राउ गर्ने कि नगर्ने ?
१) डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाले ९ अर्ब खाएको सार्बजनिक मात्रै गरेनन् बोलेको भिडियोनैछ सरकार कहिले गिरफ्तार गर्दछस ?
२) भदौ २७ गतेपछि ब्यवस्था रहदैन भनेर योहो टेलिभिजनमा एकजना कथित नक्कली माताको अन्तरबार्ता दिने र लिने जिबराम भण्डारीलाई सरकार कहिले कारवाइ गर्दछस ?
३) २०५८ जेष्ठ १९ को दरबारहत्याकाण्डपछि कपोलकल्पित बाबुराम भट्टराईको कोतपर्बलाई मान्यता दिनुहुदैन भनेर गिरिजाप्रसाद कोइराला र राजा ज्ञानेन्द्र शाहको चरीत्र हत्या गर्ने सम्पादक युवराज घिमिरे र बाबुराम भट्टराईलाई कहिले कारवाइ हुन्छ ?
४) भगेरि होटेलमा ज्ञानेन्द्र र प्रचण्ड भेटे मैले देखेको हु भनेर भ्रमछर्नी खेमराज सेढाई र शुनिल शर्मा, किशोर नेपाल र यिनको भ्रमित अन्तरबार्ता लिनेलाइ कारवाइ हुन्छ कि हुदैन ?
५) प्रायोजित ज्योतिष ल्याएर अन्ठसन्ठ राजनीति भविस्य गर्ने फटाहाहरूको अन्तरबार्ता लिनेहरूलाइ कहिले कारवाइ हुन्छ ?
६) रसेन्द्र भट्टराई नामक अन्तर्राष्ट्रिय ठगलाइ अन्तर्राष्ट्रिय ब्यापारी भनेर भ्रमछर्ने कान्तिपुर मिडिया ग्रुप कान्तिपुर, द काठमाण्डु पोष्टका तत्कालीन सम्पादक फायरसाइड कान्तिपुर टेलिभिजनमा अन्तरबार्ता लिने भुसण दाहाललाई कारवाइ गर्ने कि नगर्ने ?
७) गिरिबन्धु टि स्टेट, वाइडबडि, नक्कली भुटानी नागरिक प्रकरण र स्वयं कम्बोडियाको टेलिकममा लगानीको विषय उठिसकेपछी त्यसलाई छानबिन गरेर प्रष्ट पार्न स्वयं प्रधानमन्त्रीले सहयोग गर्ने कि नगर्ने ?
८) यसकारण प्रश्न दुर्गा प्रसाइ र रबि लामिछानेको गिरफ्तारी मात्रै होइन समाधान । यसप्रकारका चरीत्र हत्यागर्ने कार्यमा एमालेका नेता र कार्यकर्ताका बिगतका अभिव्यक्तिलाई लिएर कारवाइ हुनेकि नहुने?
९) पूर्ब राष्ट्रपति बिधा भण्डारी विरुद्ध बिगतमा भ्रामक अभिव्यक्ति दिने रामकुमारी झाँक्रिलाई कारबाही हुनेकि न हुने ? सता सधै रहँदैन यो नजिरले एकदिन स्वयं अहिलेका सताधारिहरूलाई आफैमा गलपासो नहोला भन्न सकिँदैन ।