Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हालसम्म भारतमा २६ को मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । आज एकैदिन केरला, गुजरात, महराष्ट्र र तेलंगानामा ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या २६ पुगेको हो । त्यस्तै संक्रमति हुनेहरुको संख्या ९०० पुगेको दैनिक भाष्करले जनाएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा बढी मुम्बईमा ६ जनाको मृत्यु भएको जनाइएको छ । ६ जनामध्ये एक जना चिकित्सकको समेत मृत्यु भएको छ । ८५ वर्षीय शल्यचिकित्सकको मृत्यु भएपछि अस्पतालनै शिल गरिएको जनाइएको छ । शनिबार गुजरात ४६ वर्षीय महिलाको मृत्यु भएको छ । त्यस्तै शनिबार तेलंगानामा संक्रमणबाट पहिलो मृत्यु भएको छ भने गुजरातमा मर्नेको संख्या ४ पुगेको छ ।


सम्बन्धित समाचार