Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने

काठमाडौं । सरकारले स्वास्थ्य, शिक्षा र घरबहालका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । कोभिड १९ को उपचारमा प्रयोग हुने उपकरण, सेनिटाइजर, पीपीइका आपूर्ति तथा अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप बजेट व्यवस्था गर्ने भएको छ । त्यस्तै सामुहिक क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई खाने व्यवस्था स्थानीय तह र संघीय सरकारले व्यवस्था गर्ने भएको छ । त्यस्तै कोरोना उपचारमा संलग्न चिकित्सकदेखि एम्बुलेन्स चालकसमेतलाई असार मसान्तसम्म २५ लाखको बीमा गर्ने पनि सरकारले निर्णय गरेको छ ।
त्यस्तै निजी स्वास्थ्य संस्थालाई आफ्ना सवै सेवा जारी राख्न र २० प्रतिशत छुट दिन व्यवस्था मिलाउने सरकारले जनाएको छ । त्यसैगरी निजी विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क लिन नपाउने गरी व्यवस्था मिलाउन सरकारले भनेको छ । त्यस्तै शहरी क्षेत्रमा घरबेटीले डेरावालाको एक महिनाको भाडा नलिन सरकारले घरबेटीलाई आग्रह गरेको छ भने उनीहरुबाट घरबहाल कर नलिने निर्णय पनि गरेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल