Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । क्षमता र योग्यता पुगेपछि संगठनले आवश्यक समयमा आवश्यकतअनुसार सरुवा बढुवा गर्छ भन्ने कुरा यस पटक राष्ट्रिय अनुसन्धान विभागले पाँच एसपी, दश डिएसपीको बढुवा गर्दा पुष्टि भएको छ । राजनीतिक पहुँच र दबाव भन्दा योग्यता र क्षमता भएकाहरुलाई संगठनको आवश्यकताअनुसार वृद्धि विकासमा जोड दिने स्थितिको शुरुवात गरेका विभागभित्र यो बढुवापछि संगठनभित्र निष्पक्षता र क्षमताको कदर भएको चर्चा चल्न थालेको छ । लामो समयसम्म सरुवा र बढुवाका विषयमा हुने प्रचारलाई नियन्त्रण गर्न पनि यस्तो निर्णयले प्रभाव पार्ने विभागका कर्मचारीहरुको भनाई छ । प्रधानमन्त्रीको कार्यालय अन्तर्गत लगिएको विभागलाई सूचना संयन्त्रको बाहुल्यता बढाउने दायित्व थपिरहेको अवस्थामा संगठनका पुराना, दक्ष र इमान्दार कर्मचारीहरुको संस्थागत रुपमा महत्व बढ्नु आफैंमा राम्रो पक्ष हो । नेतृत्वले पूर्वाग्रह नराखी निष्पक्ष ढंगले गरेको पछिल्लो निर्णयले विभागभित्र समय आएपछि अवसरको खोजी गर्न कसैको दैलो चाहार्न पर्दैन भन्ने मान्यतालाई स्थापित गरिदिएको छ । विभागप्रमुख हुतराज थापा आफ्नो कार्यकालमा निष्पक्षता, इमान्दारिता, योग्यता र क्षमतालाई प्राथमिकता दिएर संगठन सुदृढ गर्ने अभियानमा लागेको कुरा पछिल्लो बढुवाले पुष्टि गर्दछ ।
२०८१ पुष २३
ताजा नेपाल
२०८१ पुष २३
ताजा नेपाल
२०८१ पुष २३
ताजा नेपाल