Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतीय प्रधानमन्त्री मोदीले मागे माफी

काठमाडौं । भारतका दशौँलाख गरिबहरूलाई ठूलो असर पार्नेगरी ‘लकडाउन’ गरिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन्। चार घण्टाको मात्र पूर्वसूचना दिएर कडा बन्देजको घोषणा गरिएपछि भारतमा त्यसको तयारीलाई जोडेर उक्त कदमको निकै आलोचना भएको छ। एक अर्ब तीस करोड जनसङ्ख्या भएको भारतमा लकडाउनले धेरैलाई भोको र बेरोजगार पारेको छ।
साप्ताहिक रेडिओ सम्बोधनमा आइतवार मोदीले भनेस् “मलाई तपाईँहरूको समस्या थाहा छ तर कोरोनाभाइरसविरूद्ध लड्ने अर्को कुनै उपाय छैन । यो जीवन र मृत्युको लडाईँ हो र हामीले त्यो जित्नुपर्छ।” भारत अहिले तीन साताका लागि लगाइएको लकडाउनको बीचमा छ। तर त्यसकाबीच करार र दैनिक ज्यालादारीका दशौँ हजार श्रमिक प्रतिबन्धलाई तोडेर आफ्ना घर फर्किरहेको बीबीसीले उल्लेख गरेको छ ।
एकजना मजदुरले घर फर्कन २७० किलोमिटरको पैदल यात्राको प्रयास गरेपछि ज्यान गुमाएको प्रहरीलाई उदृत गर्दै रोएटर्सले जनाएको छ । अहिले राज्य सरकारहरूलाई आफ्ना राज्यका सीमाहरू बन्द गर्न भनिएको छ। कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिने प्रयासस्वरूप देशका विभिन्न ठाउँबाट आएका हजारौँ कामदारहरूलाई क्वारन्टीनमा राख्न समेत भनिएको छ।
उत्तर प्रदेश राज्यमा कर्मचारीहरूलाई हालै घर फर्केका झण्डै डेढ लाख मानिसहरू आफ्ना घरभित्र छिर्न दिन नहुने भन्दै तिनको पहिचान गर्न भनिएको छ। उच्च जनघनत्व भएका कारण भारतमा भाइरसको प्रकोप फैलँदा त्यसले दुर्भाग्यपूर्ण अवस्था निम्त्याउनसक्नेमा धेरैको चिन्ता छ।
कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । १ हजार २४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ जनाले उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।


सम्बन्धित समाचार