Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
हरेक बर्ष फेब्रुअरी महिनाको ४ तारिक बिश्व क्यान्सर दिवस को रूपमा नेपाल लगायत बिश्व भरका सबै देशमा बिभिन्न कार्यक्रमका साथ भबरूपमा मनाउने गरिन्छ। बिश्व भरि नै महामारी कै रूपमा फैलदै गहिरहेको क्यान्सर बिरूद्वमा लड्न बिश्वसमुदाय लाई एकजुट पारि बिश्वब्यापी रूपमा क्यान्सर बारेमा अनुसन्धान गर्नु , क्यान्सरको रोकथाम तथा निर्मुल गर्नु, क्यान्सर रोगीहरूको सेवाहरूमा सुधार गर्नु तथा जागरुकता बढाउनु र क्यान्सर का बिमारीको हेरचाहमा बिषेश ध्यान पुर्याउनु नै बिश्व क्यान्सर दिवस को मुख्य उदेश्य हो। क्यान्सर रोगको बिरूद्वमा काम गर्ने संसारभरी रहेका बिभिन्न संघसंस्था एवं समुदायहरूको अन्तराष्ट्रिय छाता संगठन (UICC ) Union for international cancer control द्वारा प्रतिपादन भएको बिश्व क्यान्सर दिबसको सन् २०२२ देखी २०२४ सम्मको अभियान नारा close the care gap ( हेरचाहामा हुने असमानता बन्द गरौ) रहेको थियो। बिश्व स्वास्थ्य संगठन WHO को अनुसार बिश्वभर मृत्युको दोस्रो प्रमुख कारण नै क्यान्सर रहेको छ। इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (IARC)अनुसार विश्वमा प्रत्येक पाँच जना पुरुष र छ जना मध्ये एक जना महिलामा आफ्नो जीवन कालमा क्यान्सर हुनेछ र प्रत्येक आठ जना पुरुषमध्ये एक जना र एघार जना मध्ये एक जना महिलाको मृत्यु आफ्नो रोगबाट हुनेछ। एक रिपोर्ट अनुसार सन् २०२० मा एक करोड ९३ लाख नयाँ बिरामी र एक करोड मानिसको क्यान्सरका कारण मृत्यु भएको अनुमान गरिएको छ भने सन् २०४० सम्ममा विश्वभरि क्यान्सरका नयाँ बिरामीहरूको संख्या बढेर ३ करोड पुग्ने अनुमान गरिएको छ। नेपालको सन्दर्भमा भन्ने हो भने बार्षिक २७ हजार भन्दा बडी मानिसहरूको मृत्यु क्यान्सरको कारणबाट हुनेगरेको छन्।
संसारभर आज जेजति मानिसहरू क्यान्सर रोगबाट मृत्युबरण गर्दछ ति मध्ये ७०% भन्दा माथी मानिसहरूको मृत्यु नेपाल जस्ता न्यून तथा मध्य आय भएको राष्ट्रहरू बाट हुने गरेको छन् । तुलनात्मकरूपमा बिकसीत देशहरू र मध्यम तथा कम आयश्रोत भयेका नेपाल जस्ता देशहरू बिच क्यान्सर बाट अल्पायु मा हुने मृत्यु दरको खाडल धेरै ठुलो छ।यसको मुख्यकारण श्वास्थ्य उपचारमा हुने पहुंचको कमी,आधुनिक श्वास्थ्य प्रबिधीको अभाब, आयश्रोतमा कमी,शिक्षा तथा प्रचार प्रसारमा कमी,रोग प्रतिको जनचेतनामा कमी, अस्वस्थ खानपान तथा जिवनशैली नै प्रमुख कारण हुन्। दैनिक रूपमा शारीरिक रूपमा सक्रिय हुने,स्वास्थ्यकर शाकाहारी, फलफुल र गेडागुडी लाई आफ्नो सामान्य आहारको एक प्रमुख भाग बनाउने”फास्ट फूड” खान सीमित गर्न, रातो र प्रशोधित मासु खान कम गर्ने, गुलियो पेय पदार्थमा कटौती गर्ने, रक्सी को सेवन सीमित गर्ने, धुम्रपान तथा सुर्ति जन्य पदार्थ को प्रयोग नगर्ने , अत्यधिक सूर्यको अन्य जोखिमबाट बच्ने गरेमा क्यान्सरको जोखिम लाई कम गर्न महत्त्वपूर्ण टेवा पुग्ने छ। धुम्म्रपान तथा सुर्तिजन्य पदार्थ, मदिरा, सारिरिक निस्कृयता, अस्वस्थकर आहार ब्यवहार तथा अन्य क्यान्सर रोग लाग्ने जोखिमका कारक तत्वहरू लाई हटाउन सकेमा मात्रै पनि ४०% क्यान्सर रोग लान्न बाट बच्न सकिन्छ । भने अर्को तर्फ आफ्नो सारिरिक स्वास्थ्य प्रति सचेत र समयमै क्यान्सर रोग को पहिचान तथा रोगको प्रभाबकारी उपचार गर्न सके ७५% क्यान्सरलाई पुर्णरूपमा निको पार्न सकिन्छ। बिश्वभर दिन प्रतिदिन क्यान्सर रोग फैलने प्रकृया बडिरहेको कारण यो रोग लाई समयमा नै रोक्न नसके यसले बिकराल अवस्था ल्याउदैन भन्न सकिन्न।
क्यान्सर रोग को उपचार पद्दति, उपचारमा लाग्ने इक्युपमेण्टहरू र अैषधीहरू अत्यधिक महंगा भएको हुनाले यो रोग आफ्फैमा एउटा महंगो रोग हो।यो रोग लागि सकेपछि बिरामी र बिरामीका घर परिवार लाई ठुलो आर्थिक बोझ पुग्न जान्छ।बिमारीको उपचारमा अुने अत्यधिक खर्च त भयोनै अर्को तर्फ घरपरिवार बिमारीको उपचारमा संलग्न हुनुपर्ने कारणले परिवारले गर्ने आय आर्जनमा नै कमी का कारण निम्तिने मानसिक तनाबले समग्र परिवारले पिडा भोगीरेको हुन्छ। क्यान्सर रोग को कारण उपचारमा ठुलो मात्रामा पैसा खर्च हुनु, बिमारीहरूको आफ्नो उत्पादकत्व मा कमि आउनु तथा बिमारीको नै असमय मा हुने मृत्युले राष्ट्रिय अर्थतन्त्रमा हुने घाटाका कारण समग्र देश तथा बिश्व लाइ नै आर्थिक रूपमा यसले असर पुर्याइ रहेको छ। त्यस कारण पनि सबै क्षेत्रबाट आबश्यक पहलकदमि को टड्कारो आबश्यकता अपरिहार्य भैसकेको छ। समाजका हरेक क्षेत्र,ब्यक्ति, क्यान्सर को क्षेत्रमा कृयासिल संघसंस्थाहरू, अन्तराष्ट्रिय संघसंस्था तथा एजेन्सिहरू एवं देशहरूको बिश्वब्यापी एकिकृत समन्वय र प्रयास हुन अति जरूरी छ।
क्यान्सर जस्तो भयाबह रोगको नियन्त्रण गर्न मुलत यसको बिबिध पक्षहरूमा सरकारले बिषेश धानपुर्याउनु अति जरूरी छ। क्यान्सर को बारेमा बृहत जनचेतना कार्यक्रम संचालन गरी क्यान्सर रोकथामका कार्यक्रमहरूलाई अभियान को रूपमा लैजाने। क्यान्सरको बारेमा सुसिचित गराउन सार्बजनिक क्यान्सर शिक्षा अभियान संचलन गर्ने।(हालैको एक अध्ययन प्रतिबेदन अनुसार नेपाल जस्ता न्युन तथा मध्यम आय भएका देशहरूमा क्यान्सरको रोकथाम गर्ने बिभिध रणनिति मा ११ बिलियन डलर लगानी गरेमा, यसले सम्भाबित रूपमा क्यान्सरको उपचारमा हुने लागत मा १०० बिलियन डलर को खर्च बचत गर्न सकिन्छ) यस्तै गरि क्यान्सर अनुसन्धानको लागि आबश्यक रकम को बिनियोजन गर्ने तथा क्यान्सरको उपचारमा संलग्न स्वास्थ्य कर्मी तथा बिशेषक्षहरू लाई आधुनिक प्रबिधी उपलब्ध गराउने र दक्षता बृद्धी गराउने,समुदायलाई प्रदान गरिने प्राथमिक स्वास्थ्य सुबिधा बडाउने, क्यान्सर नियन्त्रणका लागि खोप कार्यक्रम सन्चालन गर्ने। क्यान्सर नियन्त्रण को लागी अपनाउनु पर्ने आबश्यक रणनीतिहरूको मूल्यांकन गर्न तथा क्यान्सर नियन्त्रण तथा रोकथाम को लागी आबश्यक बजेट बिनियोजन गर्र्न र सो सम्बन्ध मा गर्नु पर्ने नीतिगत निर्णय गर्न मार्गदर्शन गर्ने जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री स्थापना गर्ने ।जनस्वास्थ्यमा क्यान्सर रोग ले पारेको प्रभाव , मूल्यांकनको आधारमा, रोकथाम, निदान, उपचार,सर्भाइभरशिप केयर, डाटा संकलन र क्यान्सरको निगरानीको लागि लिने कार्यहरूको रूपरेखा तयार पार्ने एक प्रभावकारी राष्ट्रिय क्यान्सर रणनीति लागू गर्नु पर्छ। क्यान्सरका नियमित स्क्रिनिङ कार्यक्रम लागू गर्न विद्यमान स्वास्थ्य सेवा कार्यक्रमहरूमा एकीकृत गर्ने र दूरदराजका जनतासम्म पुग्न टेलिमेडिसिन सेवा संचालन गर्नु आबश्यक छ। क्यान्सर को प्रमुख कारक तत्व धुम्रपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्न बनेको एन २०६८ को अक्षरशः पालना गराउने। जुन सुकै परिस्तिथिमा पनि सबै नागरिकको जिवन रक्षा गर्नु सरकारको दाईत्व हो , स्वस्थ भै बाच्न पाउने प्रतेक नागरिक को नैसर्गिक अधिकार हो अत: प्रत्येक नागरिकको कल्याणलाई स्वास्थ्य नीतिहरूको मूल धारमा राख्नुपर्छ,। यो बर्ष अभियान नारा close the care gap को अन्तिम बर्ष पनि हो।मुलत, बिश्व क्यान्सर दिवसको यो बर्षको अभियान क्यान्सर रोग लाई प्राथमिकता दिने, सार्वजनिक मागलाई बुझ्ने,उपचारमा हुने असमाननता लाई हटाउन आबश्यक नबिन रणनितिहरू तयार गरी आबश्यकता अनुसार सबैले गुणस्तरिय स्वास्थ्य सेवामा समान उपचार पाउने सुनिश्चित गरी आबश्यक श्रोतहरू लगानी गर्न उच्च स्तरमा सरकार तथा नेताहरूको ध्यान आकर्षण गराउनु पनि हो ।
(लेखक नेपाल अर्बुद रोग निबारण संस्था को अध्यक्ष हुनुहुन्छ।)
२०८१ पुष २३
ताजा नेपाल
२०८१ पुष २३
ताजा नेपाल
२०८१ पुष २३
ताजा नेपाल