Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब नयाँ मेसिनबाट एक घण्टामै कोरोनाको रिपोर्ट

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएका पीसीआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेको मेसिनबाट १ घण्टामै परीक्षणको रिपोर्ट निकाल्न सकिने प्रयोगशालाले जनाएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डाक्टर रुना झाले भनिन्, ‘चीनबाट ल्याइएका पाँच वटा पीसीआर मेसिनले एक घण्टामै कोरोना परीक्षण गर्न सकिन्छ । दिनभरीमा भने ८ देखि ९ जनाको मात्र परीक्षण गर्न सकिने भएकाले उक्त मेसिन प्रदेशस्तरमा पठाइने झा ले बताइन् ।
‘चीनबाट ५ वटा नयाँ पीसीआर मेसिन आएको छ, यसले एक घण्टामा एउटा र दिनभरीमा ८ देखि ९ वटा केश परीक्षण गर्न सक्छ,’ डा झाले भनिन्, ‘त्यो मेसिन हाम्रो प्रयोगशालामा राख्ने होइन, ठूलो ल्याबहरुमा भन्दा पनि फिल्डमा प्रयोग गर्न सकिने भएकालेले त्यसलाई प्रदेश स्तरमा पठाइने हो । प्रदेशहरुमा थोरै केश हुने र छिटो नजिता दिन सकिने भएकाले ती मेसिनहरु प्रदेश स्तरमा पठाउन लागिएको डा झाको भनाइ छ ।
उनले उक्त मेसिनको धेरै क्यापसिटी नहुने भएकाले मासमा वा धेरै जनाको परीक्षण गर्नुपर्दा भने धेरै काम नदिने बताइन् । तर थोरै केश भएका प्रदेशस्तरमा भने यसको उपयोगिता प्रभावकारी हुने डा झाको भनाइ छ । ‘प्रदेशस्तरमा केश पनि थोरै हुन्छ, त्यहादेखि स्याम्पल काठमाडौं पठाउदा ढिलो रिपोर्ट आउने गरेको थियो, अब यो मेसिनले प्रदेशस्तरमा भने केश पहिचान गर्न छिटो र सहज हुन्छ,’ डा झाले भनिन् ।


सम्बन्धित समाचार