Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफैं हल्का हुँदा थन्किए वामदेव

राजनीतिमा शत्रु र मित्र भन्ने हुन्न । तर नेकपा एमालेको पुच्छर बन्न खोज्दा वामदेवका शत्रु एमालेमै धेरै देखिए । उनको टेको समाएर उठेका योगेश भट्टराई समेत चुप बसे भने भ्रष्ट शिरोमणि ईश्वर पोखरेल आफ्नो पदको रक्षा गर्नु नौलो भएन । पोखरेल एमालेबाट नेकपा बन्दा पार्टी महासचिव गुमाउन बाध्य नेता थिए । उनका खजाञ्ची बनेर पद पाएका राजेन्द्र गौतमले प्रचार विभाग प्रमुख बन्दाको तागत जति देखाए पनि चुनावबाट अब निर्वाचित हुने अवस्था छैन । सरकारको नाउमा केपी ओलीको मनपरी चल्दा वामदेव ओलीलाई ढोगेर एमाले बन्ने रहर पूरा गर्न पाएनन् । वामदेव लहडी छन्, अरुलाई विश्वास छिटो गर्छन्, तिनले लिने अडानले पार्टीलाई कतै फाइदा भएन । अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीहरू वामदेवका विरोधी भए भने आफ्नै पद खुस्किने डरले ईश्वर पोखरेलबाट वामदेव स्वीकार्य हुँदैनन् भन्ने पनि थाहा भएन । केपी ओली तेस्रो पटक पार्टी कब्जा गर्ने लेखाजोखा गर्दैछन् । उनलाई विधान फेर्न जरुरी किन भयो । जबकि यिनीबाट पार्टी बच्दैन भन्ने थाहा छ । तर पनि वामदेव गौतम अ‍ोलीको सरकारी निवासको खान्कीले मोहित भएर अब छिट्टै नै एमाले हुने हो । म पर्खाइमा छु भनेको साता नबित्दै वामदेव सडकमा पछारिए ।
वामपन्थी राजनीतिमा वामदेव यस्तो सिद्धान्त निष्ठ र कर्मयोगी पात्र मानिँदैन । किनकि एमालेले ग्रहण गरेको जनताको बहुदलीय जनवादले मृत नेताका नाममा प्रतिष्ठान बनाएर मुलुकको राजश्व लुट्ने बाहेक त्यस्तो उपलब्धी गरेन । तर पनि वामदेव त्यतै लोभिँदैछन् किन ? प्रत्येक पार्टीहरू भ्रष्ट छन् । आफैंमात्र ठिक ठान्ने नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको हालत छर्लङ्ग छ । माओवादीको गुटवाद परिवारवादको कुरा पुरानो भएको छैन । सत्ता र शक्तिका प्रेमी वामदेवलाई केपीले पार्टी भिœयाउन अरुचि देखाउनु समयको माग हुनसक्छ । किनकि एमाले भनेकै केपी ओली हो भन्ने भाष्य त्यहाँ छ । वामदेवलाई नेकपा एकीकृतले जसरी रातो कार्पेट विच्छ्यायो अब कसैले विछ्याउने कुरा छैन । ओलीले पनि उनकी पत्नीलाई सांसद बनाएकै हुन् । पत्नी तुलसा थापा एमाले सांसद, छोरा हरिष गौतम कुनै दल विशेष नहुँद पनि वामदेवको भात भान्सा चलेकै हो ।
नेकपा राष्ट्रिय एकता अभियानका लागि यो संस्थाले कुनै एक कार्यक्रम गरेर छरिएका वामपन्थीलाई एकै मञ्चमा ल्याएको छैन । यस्तो बेलामा वामदेव कसरी एमालेमा सर्वस्वीकार्य हुन्छन् । एमाले अध्यक्ष केपी ओलीले जनताको सेवा गर्दैनन् । उनले गर्ने सेवा आफ्नै हो । प्रधानमन्त्रीको नाताले ओलीबाट जनताले के पाउँछ भन्दा पनि नीतिगत लुटले कसको कति स्वार्थ पूरा हुन्छ भन्ने विषय प्रमुख हो । आज छरिएका कम्युनिष्टको नाममा पार्टी एकता अभियान जसरी चल्दैछ । त्यो अभियानले जनतालाई कता जोड्यो भन्ने कुरा प्रमुख हो । जनतामाथि ऋणको बोझ थप्ने ४ अर्ब ३४ करोड राजश्व छल्ने मिनबहादुर गुरुङसँग जग्गा दान लिने केपी ओलीले विधानत कानुनमाथि प्रहार गर्दा नबोल्ने वामदेव गौतमहरू जबजबाट देश लुट्न सघाउने हिस्सेदार हुन सक्छन् । तर जनमुखी बन्न सक्दैनन् । आफै फुर्किने वामदेवले आफैंले गरेको प्रचारबाट आफैं थन्केको त्यो बेला बुझे जुन बेला नेकपा एमालेले विधान सम्मेलनको घोषणा ग¥यो । केपीलाई पूर्व राष्ट्रपति विद्यालाई छेक्नु छ । किनकि विद्या सक्रिय राजनीतिमा आउँदा घाटा ओलीलाई छ । जो देश आफ्नै बाउको पुख्र्यौली सम्पत्तिको रुपमा चलाउन खोजेका छन् । अब पनि वामदेव उनै केपी ओलीको आशमा बस्दा पाउने केही होइन । उनको हैसियत संसद पद रहँदासम्म हो ।


सम्बन्धित समाचार