Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टी नीति जनताको बहुदलीय जनवाद, सिद्धान्त जसरी हुन्छ राज्यश्रोतको दोहन गर्ने लिएको नेकपा एमाले स्व. मनमोहन अधिकारीको मोहियानी खाएर नाचेको छ । सरकारमा जाँदा चर्को कुरा गरेर नथाकेका अध्यक्ष केपी ओली आफू प्रधानमन्त्री भएर माफिया र तस्करहरूको सेवाक बनेकोमा खिन्न छैनन् । बरु एमालेबाट चोइटिएको एकीकृत समाजवादीलाई पनि त्यही ठाउँमा अड्याएकोमा मख्ख छन् । जबज चुनाव जित्ने भाँडो त भयो सिद्धान्त नहुँदा एमाले सत्ता र भत्तामा रमाउने नाच्ने गरेको कुरा पछिल्लो सात महिना केपी ओलीको शासन प्रमाण हो । जुन शासनमा जनताको सरोकार हुँदैन । त्यो शासन माफिया, विचौलिया र घुसखोरीको हुन्छ । सरकारले धेरै राम्रा काम गरेको छ । प्रधानमन्त्रीका बारेमा आलोचना गर्नेमाथि प्रहरी लगाइएकै छ, दुःख दिइएकै छ । ओली कुन त्यस्तो सर्व स्वीकार्य चरित्र होइनन् । पार्टीमा पनि उनको एकलौटी हैकम प्रति दास बन्न रमाउने विष्णु पौडेल, ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यहरू विकल्प खोज्न तयार छन् । मनमोहनका संगति पत्रकार लक्ष्मण विष्ट निष्ठा र त्यागको राजनीति हराउँदै गएपछि भ्रष्टहरु जाग्नु स्वाभाविक हो भन्छन् । उनले वामदेवलाई केपी ओलीले लोप्पा दिएको कुरा पनि समयको माग हो भनेका छन् । २०५१ सालबाट २०७१ सम्म त्रिशुलीमा धेरै पानी बगिसक्यो । तर एमालेको जबजमा सुधार आएन । त्यो एमाले सुधार्न नसकेका माधव नेपाल, एकीकृत खडा गरे पनि ओलीकै पद चिन्हमा नाचेका छन् । एकीकृत समाजवादी जसरी जन्म्यो त्यसको भावना र गरिमा राख्न माधवले पनि सकेनन् उनी विना सेनाका कमाण्डर भएका छन् । उनको टिमले वामदेव गौतमलाई समान हैसियत दिँदा पनि वामदेव नेकपा एसतर्फ भन्दा केपी ओलीको गोठालो बन्न तयार भएका थिए । तर एमालेमा उनैले अगाडि बढाएका युवाहरूले पनि स्वाभाव देखाए । आमूल परिवर्तन मुखले भनेर हुँदैन । नेताको लुटाहा चरित्र सुधार्नु पर्छ । एमालेको ओली पथमा त्यो अपेक्षा गर्न पर्दैन । किनकि गिरिबन्धु नक्कली भुटानी शरणार्थी प्रकरण, धर्मशाला काण्ड, सुन काण्ड, बालुवाटार जग्गा काण्ड, बालमन्दिर काण्ड, ओम्नी र हुकाम काण्ड हुँदै सञ्चार नियन्त्रण सम्बन्धी अध्यादेशमा काँग्रेस, एमाले एकताले सबैको सेखी झारेको छ ।
प्रधानमन्त्री नै राजश्वमा दोहन गर्न तयार देखिँदा जनताको बहुदलीय जनवादको अनुहार देखियो । मुलुकमा १७ लाख ९२ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिन्छन् । नेकपा एमालेले त्यो भत्ता दिलाएको राज्य श्रोतबाटै हो । तर उसले आफ्नै पार्टी कोषबाट भत्ता वितरण गरे जस्तो गरेको छ । अहिले नेकपा एमालेलाई तर्साउन बनाइएको समाजवादी मोर्चाले पनि गति लिएको छैन । जुन मोर्चा एकीकृत समाजवादीको अभिन्न अंग बनाउन माधवले सक्नु पथ्र्यो । मोर्चाबाट उछिट्टिएका जसपा अशोक राई पक्ष एमालेमै डुबुल्की मारेर पार्टीमा रमाउन चाहन्छ । उनी पनि सरकारी जमिन कब्जा गरी श्रीमती सुशीला श्रेष्ठको स्कुल बचाउ अभियानमै छन् । मधेशका मसिहा उपेन्द्र यादवलाई प्रधानमन्त्री ओलीले मोर्चाबाट टाढा बनाइदिँदा वामपन्थी पृष्ठभूमिका साना टुक्राहरूलाई मिलाउन माधवको प्रयास जरुरी हुने थियो । तर उनी आफ्नै पार्टीका गलगाँड जोगाउनु पर्ने बाध्यतामा छन् । प्रत्यक्ष राष्ट्रपतिको पक्षमा उपेन्द्र पनि छन् प्रचण्ड नहुने कुरै भएन । अधुरो जनयुद्ध सफल बनाउने भन्दै मोहन वैद्यलाई उचालेर पार्टी बनाएका नेतविक्रमचन्द सेना बिनाकै कमाण्डर बनेर पनि शासक हुने रहर गर्छन् भने नेकपा एसले प्रत्यक्ष राष्ट्रपतीय शासन स्वीकार्न नसक्नुको कारण नेकपा एमाले हो । आफू प्रम हुने कुरा निश्चित भए पछि मात्र एमाले अध्यक्षको तहबाट ०७२ मा संविधान जारी गर्न स्वीकृत गरिएको कुरा बुझेर पनि माधवले बुझ पचाएकै थिए । पार्टीमा गतिलालाई भन्दा अगतिलाको संरक्षण गर्नुपर्छ । त्यो रोग एमालेमा यौन लम्पटहरू ओलीबाट संरक्षित भए जस्तै नेकपा एसमा कृष्ण श्रेष्ठ, धनबहादुर बुढा, प्रेम आलेको रेखदेख गर्नु परेको छ । संख्यात्मक रुपमा संघीय संसदमा दश सीट प्राप्त गर्दा नेकपा माओवादीले काँध थापे पनि त्यो गुन एकीकृतले देखेन । पार्टीकोयोजना समाजवाद भए पनि जनतामा जान नसकेको एकीकृत समाजवादीले महाधिवेशन त ग¥यो तर त्यसले पारित गरेका नीति तथा कार्यक्रम सभा समारोह बिना कागजमै थन्क्याउँदा पनि नेतृत्वलाई पछुतो छैन ।
२०८१ माघ २३
ताजा नेपाल
२०८१ माघ २३
ताजा नेपाल
२०८१ माघ २३
ताजा नेपाल