Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४–७५ मा आह्वान गरिएको बोलपत्रको खरिदमा पौडेलसमेतले भ्रष्टाचार गरेको उजुरीको आधारमा अनुसन्धान गर्दा उनको संलग्नता भएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । पौडेल र नेपालका लागि एफ ५ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दिपक आनन्दको आपसी मिलोमतोमा केन्द्रलाई आवश्यक सामग्री खरिद घुस लेनदेन भएको पाइएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए । उनका अनुसार पौडेलले ३ करोड ८ लाख ५० हजार ४०० रूपैयाँ घुस लिएको भन्दै अख्तियारले दुवैविरुद्ध ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ बिगो र कैद जरिवाना सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको हो । आयोगले घुस रिसवत जफत(असुल उपर हुन मागदाबी समेत लिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
२०८१ माघ २५
ताजा नेपाल
२०८१ माघ २५
ताजा नेपाल
२०८१ माघ २५
ताजा नेपाल