Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पानिको पाइप फुट्रेर बबरमहल क्षेत्र डुबान

३० माघ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका अधिकारीले बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको छ ।

आफूहरुसँग सहकार्य नगरी तार भूमिगत गर्नेक्रममा मेलम्चीको पाइपमा क्षति पुगेको केयूकेएलका अधिकारीहरुको दाबी छ ।

‘पाइप फुट्नुमा थर्डपाटी जिम्मेवार छ, केयूकेएलका प्रवक्ता प्रकाश राईले भने, त्यो क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ । त्यहीबेला पाइपमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

तर केयूकेएलका अधिकारीको यो भनाइमा नेपाल विद्युत् प्राधिकरणका अधिकारीको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।

आज दिउँसो बबरमहलको वन परिसर अगाडिको सडक छेउँमा मेलम्चीको पाइप फुटेको थियो । केयूकेएलका अधिकारीका अनुसार ६०० एमएम करिब दुई फिट डायमिटरको पाइप फुटेको छ ।
बाढीजसरी पानी बग्दा बबरमहल क्षेत्रका सरकारी कार्यालयहरु डुबानमा परेका छन् । सो क्षेत्रमा वन परिसरका साथै विशेष अदालत, काठमाडौं जिल्ला अदालत दोस्रो भवन लगायतका कार्यालय परिसर जलमग्न भएका छन् ।

पानी अनियन्त्रित भएर बग्दा अदालतका पेशी स्थगित गर्नुपरेको थियो भने सरकारी कार्यालयका कामकाज पनि प्रभावित भएको थियो ।

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी, सरकारी कार्यालयमा डुबान

बबरमहलको सडक विभागदेखि बिजुलीबजार आर्क ब्रिजसम्मको खण्डमा सवारी आवागमन पनि प्रभावित भएको थियो । एकातर्फको लेनमा गाडी चल्न नसक्ने स्थिति भएपछि अर्कोतर्फको वान–वे लेनमा दुईतर्फी नै गाडी चल्न दिइएको थियो ।