Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरियाली अभिनेत्री किमको निधन

दक्षिण कोरियाली अभिनेत्री किम से–रोनको निधन भएको छ । २४ वर्षको उमेरमा फेब्रुअरी १६ मा उनको मृत्यु भएको हो । पूर्वी सोलको सिओङदोङ जिल्लामा रहेको घरमा उनी मृत भेटिएकी छिन् । किमलाई हालै नेटफ्लिक्सको शो ब्लडहाउन्ड्समा देखिएको थियो । किमले बाल कलाकारको रूपमा करियर सुरु गरेकी थिइन् । किमले सन् २००१ मा बाल मोडलको रूपमा डेब्यू गरेकी थिइन् ।

उनको फिल्मी करियर भने २००९ को फिल्म अ ब्रान्ड न्यू लाइफ’बाट सुरु भएको थियो । यतिबेला उनी ९ वर्षकी थिइन् । २०१० मा आएको वोन बिनको फिल्म द म्यान फ्रम नोह्वेर बाट उनी चर्चामा आएकी थिइन् । छोटो उमेरमै लोकप्रियता कमाएकी किमको लोकप्रियता धेरै टिकेन । २०२२ मा रक्सी खाएर कार चलाएको भेटिएपछि अभिनेत्रीको चालक अनुमति पत्र खारेज गरिएको थियो । यस घटनापछि अभिनेत्रीले हातैले लेखेर माफी पनि मागेकी थिइन् । यो काण्डपछि कयौँ शोमा उनको सिन काटिएको थियो ।

२०२३ को अप्रिलमा किमलाई २ करोड वन जरिवाना पनि तिराइएको थियो । आर्थिक अभावका कारण गएको वर्ष उनले एउटा क्याफेमा काम गर्न थालेकी थिइन् । गएको वर्ष अप्रिलमा दोङचिमी नाटकबाट किमले अभिनयमा पुनरागमन गर्न लागेकी थिइन् । तर स्वास्थ्यलाई कारण देखाउँदै पछि उनले यो नाटकबाट हात झिकिन् । किम अभिनीत फिल्म गितार म्यानको यतिबेला पोष्ट प्रडक्शनको काम चलिरहेको छ । उनले आफ्नै क्याफे खोल्ने तयारी पनि गरिरहेको उनी निकटका स्रोतले भनेका थिए ।


सम्बन्धित समाचार

देउवा किन गएनन् भारत ?

२०८१ फाल्गुन १०

ताजा नेपाल