Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
ज्ञानेन्द्र शाहले निरन्तर यस्ता अभिव्यक्ति दिइराखेका छन् । हामीले लोकतन्त्रमा वाकस्वतन्त्रता हुन्छ भनेर उदार भएर उहाँलाई छुट दिएका हौं । यस्तो निरंकुश राजा, जसले दरवार हत्याकाण्ड गराएको धेरैले शंका गरिराखेका छन्, उनी राजा हुने मान्छे नै होइनन्, वंश नाश भएर यिनी आएका छन्, बडो शंकाका विषय छ । फेरि पनि हामीले देशको भू(राजनीतिक जटिलतालाई हेरेर गिजोल्याउन चाहेनौं । यिनले जबरजस्ती कु गरेर निरंकुश र अलोकतान्त्रिक हर्कत जनताले विर्सेका छैनन् । त्यसबाहेक आर्थिक हिसाबले पनि उनको लगानी अपचलनका कुराहरू जनतालाई थाहा छ । त्यसबाहेक बाह्य शक्तिसँग साँठगाँठ पनि गरेका छन्, जसले नेपालको संविधान, संघीयता र धर्मनिरपेक्षता रुचाइरहेका छैनन् ।
यो देख्दादेख्दै पनि किन विवाद गर्नु भनेर पो जनता चुप लागेको हो । जनताले बुझेकै छैन जस्तो गरेर पछिल्लोचोटि खुलेआम नै यो व्यवस्था उल्टाएर पछाडि फर्किन साथ देउ भनेर आह्वान गरेका छन् । त्यो अभिव्यक्तिमा उनी संविधानत पनि दण्डको भागिदार छन् । उनको अभिव्यक्तिले सीमा नाघ्दै छ । सरकारले यसलाई गम्भीर ढंगले लिनुपर्छ र उनलाई आवश्यक नियन्त्रणमा लिनुपर्छ ।
चरम निरंकुशताको अभ्यास गरेर जनतालाई चरम गरिबीमा राख्ने त्यो राजतन्त्रको विरासत यिनले बोक्छन् । फेरि यिनको त वैधानिक विरासत पनि होइन । सन्देशहास्पद ढंगले आएका ज्ञानेन्द्र शाहलाई त राजतन्त्रको दाबी गर्ने पनि अधिकार छैन ।
दोस्रो कुरा, जनताको असन्तुष्टिभन्दा उनले जुन खालको हर्कत गरेका छन्, यो उनको मात्रै भएको भए पनि जनताले बुझ्थे । तर, मैले पाएको सूचना तपाईं पनि विभिन्न स्रोतबाट बुझ्नुहोला । जसरी उनी पटकपटक लखनउ, गोरखपुर, थाइल्यान्ड, भुटान जान्छन्, नेपालको सरकारले यसको निगरानी गर्नुपर्यो । कोको सित भेटे, के के साँठगाँठ गरे भन्ने बुझ्नुपर्यो । उनले नेपालको संविधानविपरीत बाह्य शक्तिको उक्साहटमा जेजस्ता हर्कत गरेका छन् त्यसमाथि छानबिन र कारवाही गर्नुपर्छ भन्ने म सुझाव दिन चाहन्छु ।
भट्टराईको यही अभिव्यक्तिलाई मिश्रले तुच्छ संज्ञा दिएका हुन् ।
उनी भन्छन्, पहिलो संविधानसभा चुनावको ठीक अगाडि कोही सूत्र प्रयोग गरेर माओवादी र राजा भएर सत्ता लिउँ, राजसंस्था स्वीकार्न तयार छौं भन्नुभएको हो कि होइन हामी मिलेर एमाले(कांग्रेसलाई पाखा लगाउँ भनेर संवाद गरेको हो कि होइन त्यो दोस्रो चरणको संवादमा प्रचण्डलाई समेत राखेर सोही सूत्रमार्फत राजासँग सत्ता कब्जा गरौं, कुनै प्रकृतिको राजसंस्था स्वीकार्छौं भनेको हो कि होइन त्यसैताका सांस्कृतिक राजा भए त फरक पर्दैन भनेर अन्तरवार्ता दिएको हो कि होइन
तपाईंको हातमा सत्ता आए राजसंस्था स्वीकार्य हुने, सत्ता नआए घनघोर गणतन्त्रवादी हुने यस्तो वाहियात कुराले यो देशको राजनीति वर्वाद भएको छ । प्रमाण चाहिन्छ भने तपाईंले प्रयोग गरेका सुत्र अझै जिवित छन् । यस्ता किसिमका काम तपाईं प्रधानमन्त्री भइसकेको मान्छेले नगर्दा राम्रो । अहिले राजाबाट कसैलाई निषेध नगरीकन सबै मिलेर देश बनाउँ भन्ने भावलाई त तपाईँजस्तो मानिसले समर्थन जनाउनुपर्ने हो । किनभने तपाईँहरूले चाहेको दिशामा देश गएको छैन नि १
मिश्रले नाम उल्लेख नगरेका ‘सूत्र’ भने कमल थापा हुन् । थापा आफैंले यसको स्वीकारोक्ति गर्दै स्टाटस लेखेका छन् ।
उनी लेख्छन्, ‘स्वयं बाबुरामजीले २०६० सालमा हापुरे वार्ताको क्रममा मात्र होईन, संविधानसभाको चुनावअघि प्रचण्डसहितको भेटघाटमा राजासँग सहकार्य गर्न तयार रहेको म मार्फत प्रस्ताव गर्नुभएको मलाई अहिले सम्झना आइरहेको छ ।
२०८१ फाल्गुन १०
ताजा नेपाल
२०८१ फाल्गुन १०
ताजा नेपाल
२०८१ फाल्गुन ९
ताजा नेपाल