Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रम्पलाई गोकुल बास्कोटा भन्छन्– हेप्नुको पनि सीमा हुन्छ

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार फागुन ११ प्रतिनिधिसभा बैठकमा उनले यूएसएडमार्फत भएको खर्चलाई फ्रड भनिँदा नेपालको छविमाथि गहिरो चोट लागेको बताए ।

हेप्नुको पनि सीमा हुन्छ सभामुख महोदय । अमेरिकाले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आयो – आफ्ना एजेन्सी, दूतावस, एजेन्सीमार्फत । हामीले त्यसलाई स्वीकार गर्‍यौँ, उनले भने, तर, आज हामी फ्रड बनेका छौँ, बनाइएका छौँ । उल्टो प्रहार हामीमाथि सुरु भएको छ, जसले नेपालको राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय छविमाथि आँच लागेको छ । गहिरो चोट लागेको छ ।
राष्ट्रिय भावनामा चोट पुर्‍याएको उनको भनाइ छ । सहयोग दिनुभयो, हामीले लियौँ । त्यसको मनिटरिङ कसले गर्न पाउनुपर्थ्यो, किन भएन जसले सहयोग दियो, उहाँहरूको पनि जनताको करको पैसा आएको होला । त्यो फ्रड हामीले गरेको हो कि फ्रड स्वीकृत गर्ने काम उहाँहरूले गरेको, बास्कोटाको प्रश्न ।

अब सहयोगको सीमा स्पष्ट पारिनुपर्नेमा उनले जोड दिए । हामी कुन सहयोग लिन्छौँ, कुन लिँदैनौँ दृढतापूर्वक भन्नुपर्दछ । ती सहयोगले परिणाममा के फरक पार्छ भन्ने कुरा आउनुपर्‍यो । जे पायो त्यही स्वीकार गर्ने कुरा हुँदैन, उनले भने ।