Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमजोर बन्दैछ सपुतको बसन्त

कुनै पनि व्यक्तिका लागि आफ्नो पहिलो काम विशेष हुन्छ । गायकबाट नायक हुँदै निर्देशक बनेका प्रकाश सपुत ‘बसन्त’ लिएर आउँदैछन् । म्युजिक भिडियोमा कथा भन्ने शैलीलाई दर्शक र समीक्षकले मन पराएपछि उनलाई फिल्म नै निर्देशन गर्ने सोच पलाएको हो । यसैले, उनले यो फिल्मका लागि निकै मिहिनेत गर्नुपर्ने हुन्छ । तर, प्रकाश सपुतलाई अहिले बाहिरी ब्यानरका फिल्म खेलेर पैसा कमाउने मोह पलाएको छ । डेब्यू फिल्मलाई प्रोडक्सन टेबुलमा अरुको जिम्मा लगाउँदै उनी बाहिरी ब्यानरका फिल्ममा काम गरिरहेका छन् । यता, सपुतको फिल्म ‘बसन्त’का लागि आएका प्रचार सामाग्रीहरु एकपछि अर्को कमजोर बनिरहेका छन् । फिल्मको पहिलो गीतले अपेक्षित सफलता पाएन । यसपछि आएको कविता कमजोर बन्यो । नयाँ गीत ‘बिना स्वादैको’ले पनि अहिलेसम्म दर्शकले खासै नजर लगाएका छैनन् । सपुत भने बाहिरी ब्यानरका फिल्म साइन गर्दै काम गरिरहेका छन् । फिल्म क्षेत्रमा प्रकाश सपुत भाग्यमानी छन् भन्ने चर्चा छ । उनलाई एकपछि अर्को फिल्मले साथ पनि दिएका छन् । तर, फिल्म चलेपनि उनको काम चलेको छैन । ‘पुर्ण बहादुरको सारङ्गी’मा न त उनको काम रुचाइयो न त उनलाई क्रेडिट नै गयो । ‘परदेशी २’ उनको कारणले भन्दा पनि ब्रान्ड नाम भएका कारण चल्यो । तर, ‘सपुतले छोए भने जे पनि सुन बन्छ’ भन्ने भाष्य फिल्म क्षेत्रमा स्थापित छ । सायद, उनलाई पनि यही कुरा लागेको हुनुपर्छ । ‘बसन्त’ घोषणाको समयमा जति शक्तिशाली देखिएको थियो, अहिले यसको शक्ति कमजोर बन्दै गएको छ । सपुत भने ‘मैले छोएको जे पनि सुन बन्छ’ भन्ने सोचेर डेब्यू निर्देशन भन्दा अभिनयमा रमाइरहेका छन् ।


सम्बन्धित समाचार