Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । राणा भारतको विदेश मन्त्रालयद्वारा मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुने छिन् ।
भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा। राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीको सहभागिता रहनेछ । कार्यक्रममा मन्त्री डा। राणाले सम्बोधन गर्ने छन् ।
उनी भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजा गर्न पनि जाने छिन् ।
राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । यही क्रममा राणाले स्वास्थ्य जाँचको फलोअप पनि गराउने छिन् ।
२०८१ फाल्गुन २६
ताजा नेपाल
२०८१ फाल्गुन २६
ताजा नेपाल
२०८१ फाल्गुन २६
ताजा नेपाल