Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन खोजीयो ओलीको विकल्प ?

काठमाडौं । नेकपा एमालेमा आफ्नो कम्पनीभित्रका अनुहार विवादित बन्दै जाँदा आफ्नै लागि विधान परिवर्तन गर्ने अध्यक्ष केपी शर्मा ओलीको दिन अब सहज छैन । किनकि सरकारको नेतृत्व गरिरहँदा उनीबाट भएका निर्णयहरू विवादास्पद बनेका छन् । जनताको हितको लागि भन्दा आफ्नै स्वार्थका लागि विभिन्न सम्झौता गर्ने तर कानुनको ख्याल नगर्ने प्रवृत्तिका कारण नेताहरूकै भनाईमा प्रतिगामी तत्वले टाउको उठाएका हुन् । कानुन बनाउने, कार्यान्वयन नगर्ने हो भने एमाले नेताहरूको बोली र व्यवहार मिल्दैन । अध्यक्ष ओलीको पार्टीमा एकलौटी भए जस्तै माओवादी र नेपाली काँग्रेसमा पनि अध्यक्ष र सभापतिको एकलौटी देखिन्छ । पदीय अधिकारको औचित्यलाई व्यवस्थित गर्नु पर्ने नेताहरूले नै हो । जुन पार्टी विदेशी डरलाई जोड दिँदै देशको सूचना बेचेर आफ्नो स्वार्थ पूरा गर्छन् तिनीहरूले राष्ट्रिय अस्मिता जोगाउँदैनन् । यो सत्य बुझेको नेतृत्वले देश कंगाल बनाएर आफू मोटाउने सुर गर्छ भने त्यतिखेर विकल्प खोजिन्छ । किनकि एमालेमा केपी ओली सधंै सबैका सुमेरु हुन सक्दैनन् । भ्रष्टाचारको पारो बढाएर पदीय हैसियत बिर्सिएर फाल्तु विषयमा समय कटाउनेहरूबाट देश चल्दैन । सिंगो एमालेको नेता हुने कि गुटको नेता भन्ने कुरा एमाले पार्टीको नाममा ४ अर्ब ३५ करोड राजश्व नतिर्ने मिनबहादुर गुरुङसँग जग्गा दान लिएर हात मिलाउने प्रधानमन्त्री कानुन सम्वत देखिएनन् । पदीय गरिमाको ख्याल जसले गर्दैन त्यसले राज्यसत्ता सञ्चालन गर्न सक्दैन । गुटको हितमा पार्टी प्रयोग गर्नु हुँदैन । आजको स्थिति भोलि हुँदैन । एमाले हिजो जसरी हाइहाई थियो आज छैन । किनकि भ्रष्टाचार र बेथितिको अन्त्य गर्न सरकारको नेतृत्व गरिरहेको पार्टीले चासो नदिँदा नेताहरूका दरबारहरूप्रति जनताले औलो उठाउँछ । पार्टीभित्र पनि बैकल्पिक नेताको आवश्यकता खोज्नुको कारण आफ्नालाई च्याप्ने, पार्टीका कार्यकर्ताहरूलाई डस्ने व्यवहार चर्कन थालेपछि हिजो उनै अध्यक्ष ओलीका निकट रहेकाहरू क्रमशः बाहिरिन पुगेका छन् । अहिले दुई तिहाईको सरकारको नेतृत्व गरिरहँदा कानुन विपरित जानु लोकतन्त्रको पनि बदनाम हो । कुनै पनि राजनीतिक दलमा कार्यकर्ताको मूल्यांकन कामको क्षेत्र अनुसार हुने गर्दछ । तर, एमालेमा गुटको आधारमा हुने गरेपछि छिमेकी राष्ट्रहरूले समेत साथ दिन छोडेका छन् । वामपन्थी खेदेर, राप्रपा च्यापेर देश कता पुग्यो ? लोकतन्त्रको गरिमा कति बच्यो ? यी कुराहरूमा कम्युनिष्ट पार्टी गम्भीर हुनुपर्ने आवश्यकता छ । तर एमालेमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पाखरेल, महासचिव शंकर पोखरेलहरूको हाउगुजीमा एकाएक विद्या भण्डारीको नाम चर्चामा आउनु नौलो होइन ।


सम्बन्धित समाचार

पीआईडीमा मन्त्रीको दादागिरी

२०८१ चैत्र ५

ताजा नेपाल

तेह्र सय मेट्रिक टन मल सड्यो

२०८१ चैत्र ५

ताजा नेपाल

ओलीले खोजे प्रचण्डको साथ

२०८१ चैत्र ५

ताजा नेपाल