Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दाउ प्रहार गर्ने जयराम पक्राउ

रामेछाप । गोकुलगंगा गाउँपालिका-६ बस्ने विशाल तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा ईलाम, ईलाम नगरपालिका-८ बस्ने ३३ वर्षीय जयराम लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लिखुतामाकोशी गाउँपालिका-६ खिम्तिस्थित तामाकोशी जन-जाग्रिति माविको कम्पाउण्ड लगाउने क्रममा सामान्य विवादमा लिम्बुले तामाङलाई दाउ प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खिम्तिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते तामाङलाई खिम्ति मेडिकल हुँदै थप उपचारको लागि मन्थलीतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार