Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ । आईक्यू एयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ एक्युआई २११ रहेको छ । आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो नम्बरमा रहेको छ । पहिलो नम्बरमा रहेको भारत दिल्लीको एक्युआई ३२३ छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ । लामो समयदेखि पानी नपर्दा र वन जङ्गलमा डढेलो लागिरहेका कारण वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ, जसका कारण हवाई उडानमा पनि समस्या आइरहेको छ । वायु प्रदूषण उच्च रहेका कारण अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किन चिकित्सकहरूले सुझाव समेत दिएका छन् । महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
२०८१ चैत्र २५
ताजा नेपाल
२०८१ चैत्र २५
ताजा नेपाल
२०८१ चैत्र २५
ताजा नेपाल