Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मुलुकमा परिवर्तन ल्याउने आन्दोलन हुँदा जो जसले जीवन दिए तीनको परिवारको भन्दा भुपु विशिष्टको चिन्ता लिने प्रधानमन्त्री त्यो पनि कम्युनिष्ट भएको बेला देशमा संस्थागत भ्रष्टाचारमा रमाउने बकुल्लाहरूकै कारण जनआन्दोलनले ध्वस्त बनाएको राजतन्त्रको दोहोरी चल्दखैछ । द्वन्द्व पीडितको पीडामा खुर्सानी छर्केर डलरको खेती गर्ने नयाँ मुल्लाहरू लोकतन्त्रको रमिता हेरिरहँदा अकस्मात रोकिएको युएसएआइडीको डलर नपाएपछि जसरी छटपटाएका छन् त्यही रूपमा सरकारका महाभ्रष्टहरू प्रधानमन्त्रीको वरीपरी झुम्मिएका छन् । आफैं असफल पात्रले मुलुक सफल बनाउन सक्दैन । संविधानको धज्जी उडाउँदै हिजो राष्ट्रपति प्रयोग गरेर संसदको हत्या गरेर अध्यादेशमा रमाउँदा पार्टी फुटाउनेबाट वामपन्थी सहकार्यको एजेन्डा कायम हुँदैन । डलरमै रमाएर पार्टीमा सिद्धान्त, विचार, विधि, प्रक्रिया, क्षमता, योग्यताको खिल्ली उडाउने जनयुद्ध कालका क्रान्तिकारीहरू समेत एकाएक खिएको अवस्था छ । आदर्शका कुरा जति गरे पनि मुखले रुलाई गलत ठान्ने मोहन वैद्य र मोहन विक्रमलाई पनि गणतन्त्रको चिन्ता हुनु स्वाभाविक हो । एकता, संघर्ष, एकताबाट चलेका शक्तिमा निष्ठा र त्याग हुन्छ । तर जसको कही कतै त्याग र समर्पण छैन त्यस्तै घामट र अहंकारी सत्ताको नायक बन्दा कसरी गणतन्त्रको रक्षा हुन्छ । लोकतन्त्रको नाममा लुट्ने लुटेराहरू संसदप्रति जिम्मेवार हिन बन्दै आफ्नै दलाल र हुक्केहरूको रत्यौलीमा रमाउने पर्ने कारण थिएन । पार्टीको हालत ध्वस्त बनाएर माफिया र तस्करको काममा रमाएका खोया बिर्केहरू आज महंगा बोतलका प्यादा बन्दै गर्दा मुलुकको अर्थतन्त्र कस्तो छ, त्यसको ढाकछोप गरेर बच्ने अवस्था छैन । द्वन्द्व पीडितको नाउमा मानवअधिकारको खेती गर्नेको हालत पनि एकाएक बन्द भएको युएसएआईडीको सहायताबाट झल्कियो भन्दा एउटा कर्मचारी छ तर व्यवहारिक तुनेलो भने प्राधिकरण अन्तर्गतका ठूला आयोजनाहरूको ठेक्का पट्टठाबाट पाउने र लिने कमिशन नै हो । कुलमान हटेको तेस्रो दिनबाट माफियाका हितमा धमाधम निर्णय भए । हतारमा पछुताउनु र समयमा अवसर गुमाउनु एउटै हो । सत्ता त यो राजावादी हाइहुइँले केही नाप्दैन । किनकि नेपालको संविधान फेर्न संसदमा दुई तिहाई ल्याउनु पर्छ । आफैंले भिœयाएको झिल्कोले आफ्नै शक्तिमाथि प्रहार गर्दा तिनले कुनै महत्व दिएनन् । तर धरातल खस्केको छ । संसदलाई पार्टीको जनवर्गीय संगठन जस्तो ठान्दै केपी ओलीले संसदीय सर्वोच्चतामाथि गरेको प्रहार नौलो भएन ।
भ्रष्टहरूको सञ्जाल देशका प्रत्येक तहमा फैलिएको छ । स्थानीय तह प्रदेश तहको लुटमा संघीय सरकारको जस्तै रवैया छ । यो देश यीनको रणनमैदान बन्न दिन हुँदैन । केबल स्वार्थ केन्द्रीत चरित्रहरूलाई फाइदा पुग्ने काम भएका छन् । भएका आयोजनाको ठेक्का लगाउँदैमा दोब्बर रकम राखेर हमज गर्ने नीतिग लुटको धन्दा चलाउने र सरकारी सम्पत्ति व्यक्तिलाई सुम्पेर हजम गर्ने पनि एमाले हो । जहाँ केपी ओली त्यहाँ भ्रष्टाचार भन्ने प्रमाण खोज्दै पर्दैन । अझै सरकारले भूमि सम्बन्धी अध्यादेशमा रमाउँदैछ । काँग्रेसलाई देशका चलेका उद्योग बेचेर हमज गर्ने योजनामै रमाउनु थियो । जसको नेतृत्वको सरकारमा छँदा कहिल्यै राम्रो काम गरेन । उसैलाई छैठौं पटक प्रम पदको खाँदो छ । नेपाली युवा अमेरिका बेच्ने पौरखीहरू काँग्रेसमै धेरै छन् । देश र जनताको हितमा काँग्रेस कहिल्यै लागेन । दलीय व्यवस्थामा दलहरू बलियो हुनुपर्छ । आफू तानाशाह बनेर काँग्रेसलाई छœयाउन प्रम केपी ओली दल विभाजन गर्ने नायक पनि हुन् । आफ्नो स्वार्थ पूरा गर्दा अरुको बदनाम गर्न रुचाउनेबाट लोकतन्त्र बलियो हुँदैन । हरेक ठाउँमा सरकारको हस्तक्षेप हुनु नै देशको लागि समर्पण भएको चरित्र नेतृत्वमा आउन नदिनु हो ।
सरकार जनताको सेवक भएन । विपक्षी दलले दिएको साथलाई बाइपास गर्दा नेकपा एमालेको विजय कतै हुँदैन । पार्टीभित्र अध्यक्षका नाताले जे मन लाग्यो त्यो गर्न केपी ओलीका जस लिने ठाउँ छैन । जहाँ जानु पर्दैन संगठनका संरचना समेतले प्रधानमन्त्रीको आवश्यकता नै नभएका ठाउँमा जानु र आफ्नो प्रसंसा बटुल्नु पनि राम्रो होइन । राजनीति जनताको लागि गरेको बताउन मौका पाउँदा आफू, आफ्ना सन्तान र गुटको हित भन्दा केही नदेख्नेहरूबाट गणतन्त्रको लागि खतरा छ । राजावादीको रोइलोबाट प्रम ओली आत्तिएका छैनन्, प्रचण्ड आत्तिनुको तुक देखिँदैन ।
२०८२ बैशाख ६
ताजा नेपाल
२०८२ बैशाख ६
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल