Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गरेका छन् । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसजन अगाडि आउनुपर्ने आवश्यकता औंल्याए । सन्देशमा नेता डा. कोइरालाले भने, एक पटक आफू र आफ्नो दल भन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ । अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध २’ ले ५ दशक अगाडि बीपी कोइरालाले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलाप’ को स्मरण गराएको उल्लेख गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले गेरवशाली इतिहासलाई सम्झेर विवेक पूर्ण निर्णय लिनुपर्ने सुझाव दिए । ‘हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ जहाँबाट सामान्य त्रुटी हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ,’ उनले भने । राजनीतिमा देखिएको विकृति विसङ्गतिको उपचारको खोजी पार्टी भित्रबाट खोजिनुपर्ने मान्यता राख्दै आउनुभएका उनले नागरिकको विश्वास र भरोसा जित्न पार्टीको अगुवाइमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियानको आवश्यकता औंल्याए । भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर छुट्दै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोड्न पार्टीभित्र शुद्धीकरण अभियान आवश्यक रहेको बताउँदै नेता कोइरालाले नयाँ वर्ष २०८२ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याउन सफल होस् भनी शुभकामना व्यक्त गरे ।
२०८२ बैशाख ५
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल